प्रथम इष्टर्न क्रिकेट एकेडेमी (इसीए) मेयर लिग टी–२० क्रिकेट प्रतियोगितामा सौराहा स्याण्डरले लगातार तेस्रो जित दर्ता गरेको छ। सौराहा स्याण्डरले नेप्लीज क्यानेडियन क्रिकेट क्लब माथि ७ विकेट को जित दर्ता गरेको छ। सौराहा स्याण्डरले आफ्नो ४ खेलमा ३ खेल जितेको छ।
टिकौली खेल मैदानमा टस जितेर सौराहा स्याण्डरले नेप्लीज क्यानेडियन क्रिकेट क्लबलाई ब्याटिङको निम्तो दिएको थियो। नेप्लीज क्यानेडियन क्रिकेट क्लबले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १२१ रन जोडेको थियो। नेप्लीज क्यानेडियन क्रिकेट क्लबका कप्तान गौतम केसीले २७ बलमा १ चौका र १ छक्का २७ रन प्रहार गरे। साथै अभिषेक कार्कीले २८ बलमा ४ चौका र १ छक्काको मद्दतमा ३९ रन प्रहार गरे। अन्य ब्याटर प्रदर्शन भने सम्झन लायक रहेन।
सौराहा स्याण्डरका अभिनाश सापकोटाले ४ ओभरमा २७ रन खर्चिएर २ विकेट लिए। राज पाण्डे, सन्तोष न्यौपाने , सौगात ढकाल र बिमल चालिसेले सम्मान एक एक विकेट लिए।
१२२ रनको सामान्य लक्ष्य लिएर मैदान आएको सौराहा स्याण्डरले १४.१ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य भेट्यो। सौराहा स्याण्डरका ओपनर ब्याटर बिदुर मगर आफ्नो पहिलो अर्धसतक बाट २ रनले चुके। उनले ३४ बलमा ३ चौका र ४ छक्काको मद्दतमा ४८ रन प्रहार गरे। कप्तान सन्तोष न्यौपानेले २० बलमा ४ चौका र १ छक्का २७ रन प्रहार गरे।
खेलको म्यान अफ द म्याच बिदुर मगर भए।