प्रथम इष्टर्न क्रिकेट एकेडेमी (इसीए) मेयर लिग टी–२० क्रिकेट प्रतियोगितामा भरतपुर इलेभेनले बिएम ब्लास्टरलाई सुपर ओभरमा जित दर्ता गर्दै फाइनलमा पुग्ने आशा जीवित राखेको छ।
टिकौली खेल मैदानमा टस जितेर भरतपुर इलेभेनले बिएम ब्लास्टरलाई ब्याटिङको निम्तो दिएको थियो। खराब मौसमका कारण खेल १७/१७ ओभरको भएको थियो। बिएम ब्लास्टरले निर्धारित १७ ओभरमा ८ विकेट गुमाएर १२९ रन जोडेको थियो। बिएमका ओपनर ब्याटर सनम बुढाथोकीले प्रतियोगिता आफ्नो पहिलो अर्धसतक प्रहार गरे। सनमले ३३ बलमा ६ चौका र २ छक्काको मद्दतमा ५२ रन प्रहार गरेका थिए। उनलाई मनिष अर्यालले आउट गरेका थिए। अन्य ब्याटरको प्रदर्शन भने सम्झन लायक रहेन।
भरतपुर इलेभेनका रोनिम तिवारीले ३ ओभरमा २१ रन खर्चिएर २ विकेट लिए। मनिष अर्यालले ३ ओभरमा १५ रन खर्चिएर २ विकेट लिए। दिवाश आचार्य,सन्जोश भटराई र प्रतिक श्रेष्ठले सम्मान एक-एक विकेट लिए।

१३० रनको मध्यम लिएर आएको भरतपुर इलेभेनका रोनिम तिवारीले अर्धसतक मद्दतमा लगातार दोस्रो जित दर्ता गर्यो । भरतपुर इलेभेनले १७ ओभरमा ८ विकेट गुमाउदै १२९ रन बनाए पछि खेल सुपर ओभरमा गएको थियो। रोनिम तिवारीले ४४ बलमा ७ चौका र १ छक्काको मद्दतमा ५७ रन प्रहार गरे। अन्तिम ओभरमा भरतपुर इलेभेनलाई ४ रन आवश्यक रहेको स्थितिमा बिएमका शुभ कंस्करले सन्जोश भटराईलाई पहिलो बल डट गर्दा दोस्रो बलमा विकेट लिए। त्सपछिको तेस्रो र चौथो बल डट हुदा पाँचौं बलमा राजन श्रेष्ठले एक रन लिए। अन्तिम बलमा ३ रन आवश्यक रहेको स्थितिमा रोनिम तिवारीले २ रन लिदा खेल सुपर ओभरमा गएको थियो।

सुपर ओभरमा ब्याटिङ गर्ने आएको भरतपुर इलेभेनले ९ रन बनाएको थियो। १० रनको विजयी लक्ष्य लिएर आएको बिएम ब्लास्टर ८ रनमा दुवै विकेट गुमाएर सुपर ओभरमा खेल गुमायो। बिएम ब्लास्टरलाई अन्तिम बलमा २ रन आवश्यक रहेको स्थिति भरतपुर इलेभेनका बलर दिवश आचार्यले नन- स्ट्राइकरमा रहेका सनम बुढाथोकीलाई म्यान माङ्कड गर्द सुपर ओभरमा भरतपुर इलेभेन विजयी भएको थियो।
भरतपुर इलेभेनलाई १२९ रनमा रोक्न बिएम ब्लास्टरका सनम बुढाथोकीले ४ ओभरमा १९ रन खर्चिएर ३ विकेट लिए। शुभ कंस्करले २ ओभरमा ९ रन खर्चिएर २ विकेट लिए। खेलमा पराजित भए पनि अल-राउण्डर प्रदर्शन गरेका सनम बुढाथोकी खेलको म्यान अफ द म्याच भए। जित संगै