Skip to content
Home » सुदुरपश्चिम प्रदेशस्तरीय पुरुष छनोट क्रीकेट प्रतियोगिता : कञ्चनपुर जिल्लालाई हराउदै बैतडीले जित्यो उपाधी

सुदुरपश्चिम प्रदेशस्तरीय पुरुष छनोट क्रीकेट प्रतियोगिता : कञ्चनपुर जिल्लालाई हराउदै बैतडीले जित्यो उपाधी

  • by

भाद्र १८, धनगढी।

राष्ट्रिय खेलकुद परिषदको कार्यतालिका अनुसार यहि असोज २८-कार्तिक ३ गतेसम्म गण्डकी प्रदेशको पोखरामा आयोजना हुने नवौ वृहत राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीस्वरुप सुदुरपश्चिम प्रदेश खेलकुद परिषदको आयोजना तथा सुदुरपश्चिम प्रादेशिक क्रीकेट संघको व्यवस्थापनमा यहि भाद्र १४ गतेदेखि धनगढीको फाप्ला क्रीकेट मैदानमा सुरु भएको सुदुरपश्चिम प्रदेश स्तरीय पुरुष छनोट क्रीकेट प्रतियोगिताको पाँचौं दिनको खेलमा बैतडी जिल्लाले कञ्चनपुर जिल्लालाई ३ विकेटले पराजित गर्दै छनोट प्रतियोगितामा विजयी यात्रा कायमै गर्न सफल हुँदै छनोट प्रतियोगिताको उपाधि जित्न पनि सफल भएको छ।

पाँचौं दिनको फाइनल खेलमा कञ्चनपुर जिल्लाले टस जित्दै पहिला ब्याटिङ गर्ने निर्णय लिएको हो।फलस्वरूप,कञ्चनपुरले निर्धारित १२ ओभरको खेलमा ७ विकेटको क्षतिमा मात्र ६२ रन जोड्न सफल भयो।ब्याटिङतर्फ कञ्चनपुरका लागि कप्तान दिपेश चन्दले ३० बलमा सर्वाधिक ३२ रन बनाउदा राहुल चन्दले २४ बलमा १५ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो रन अंक छुन सकेनन्। बलिङतर्फ बैतडीका लागि गजेन्द्र बोहराले २ ओभरमा मात्रै ८ रन खर्चंदै सर्वाधिक ४ विकेट लिन सफल हुँदा रामबहादुर चन्दले ३ ओभरमा २० रन खर्चंदै महत्त्वपूर्ण १ विकेट लिन सफल भए।

६३ रनको सामान्य विजयी लक्ष्य पछ्याउँदै मैदान उत्रेको बैतडी जिल्लाले निर्धारित १२ ओभरको खेलमा ७ विकेटको क्षति ६६ रन बनाउदा खेल ३ विकेटले जित्न सफल हुँदै छनोट प्रतियोगिताको फाइनल उपाधी आफ्नो नाममा सुरक्षित गर्न सफल भएको छ।ब्याटिङतर्फ बैतडीका लागि कप्तान वसन्त खत्रीले २२ बलमा सर्वाधिक अविजित २४ रन बनाउदा खडक बोहराले १८ बलमा महत्त्वपूर्ण १४ रन बनाउन सफल भए।बलिङतर्फ कञ्चनपुरका लागि मिलन बोहराले ३ ओभरमा १० रन खर्चंदै सर्वाधिक २ विकेट लिन सफल हुँदा पनि आफ्नो टोलिलाइ उपाधी भने दिलाउन सकेनन्।

नवौं राष्ट्रिय बृहत् खेलकुद प्रतियोगिताको तयारी स्वरुप सुदुरपश्चिम प्रदेश खेलकुद परिषदको आयोजना तथा सुदुरपश्चिम प्रादेशिक क्रीकेट संघको व्यवस्थापनमा यहि भाद्र १४ गतेदेखि धनगढीको फाप्ला क्रीकेट मैदानमा सञ्चालन भएको सुदुरपश्चिम प्रदेश स्तरीय पुरुष छनोट क्रीकेट प्रतियोगिताको आज १८ गते समापन भएको छ।समापन कार्यक्रममा बोल्दै प्रादेशिक क्रीकेट संघ सुदुरपश्चिम प्रदेशका अध्यक्ष हरि रेग्मीले आगामी भाद्र २३ गतेदेखि काठमाडौमा सञ्चालन हुने पुरुष क्रीकेट अन्तर्गतको नवौं वृहत राष्ट्रिय क्रीकेट प्रतियोगिताको लागि भोलि या पर्सिभित्र टोलिको नामावली सार्वजनिक गरिसक्ने कुरा बताउनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *