Skip to content
Home » सुदुरपश्चिम प्रदेशस्तरीय पुरुष छनोट क्रीकेट प्रतियोगिता : बैतडी जिल्लाको विजयी यात्रा कायमै, जितसङ्गै बैतडी प्रतियोगिताको फाइनलमा प्रवेश

सुदुरपश्चिम प्रदेशस्तरीय पुरुष छनोट क्रीकेट प्रतियोगिता : बैतडी जिल्लाको विजयी यात्रा कायमै, जितसङ्गै बैतडी प्रतियोगिताको फाइनलमा प्रवेश

  • by

भाद्र १6, धनगढी।

राष्ट्रिय खेलकुद परिषदको कार्यतालिका अनुसार यहि असोज २८-कार्तिक ३ गतेसम्म गण्डकी प्रदेशको पोखरामा आयोजना हुने नवौ वृहत राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीस्वरुप सुदुरपश्चिम प्रदेश खेलकुद परिषदको आयोजना तथा सुदुरपश्चिम प्रादेशिक क्रीकेट संघको व्यवस्थापनमा हिजोदेखि धनगढीको फाप्ला क्रीकेट मैदानमा सुरु भएको सुदुरपश्चिम प्रदेश स्तरीय पुरुष छनोट क्रीकेट प्रतियोगिताको तेश्रो दिनको खेलमा बैतडीले बाजुरालाई ९ विकेटले पराजित गर्दै छनोट प्रतियोगितामा विजयी यात्रा कायमै गर्न सफल हुँदै छनोट प्रतियोगिताको फाइनल प्रवेश गर्न पनि सफल भएको छ।

तेश्रो दिनको खेलमा बाजुरा जिल्लाले टस जित्दै पहिला ब्याटिङ गर्ने निर्णय लिएको हो।फलस्वरूप,बाजुराले निर्धारित १० ओभरको खेलमा ७ विकेटको क्षतिमा मात्र ४४ रन जोड्न सफल भयो।ब्याटिङतर्फ बाजुराका लागि दिपक रोकायाले १५ बलमा सर्वाधिक अविजित १४रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो रन अंक छुन सकेनन्। बलिङतर्फ बैतडीका लागि ऋषिकेश बोहराले २ ओभरमा १० रन खर्चंदै सर्वाधिक ५ विकेट लिन सफल हुँदा कप्तान वसन्त खत्री २ ओभरमा ४ रन तथा हिक्मत महराले २ ओभरमा १३ रन खर्चंदै समान १/१ विकेट लिन सफल भए।

४५ रनको सामान्य विजयी लक्ष्य पछ्याउँदै मैदान उत्रेको बैतडीले निर्धारित १० ओभरको खेलमा १ विकेटको क्षति ४५ रन बनाउदा खेल ९ विकेटले जित्न सफल हुँदै छनोट प्रतियोगिताको फाइनलमा आफ्नो स्थान सुरक्षित गर्न सफल भएको छ।ब्याटिङतर्फ बैतडीका लागि गजेन्द्र बोहराले २२ बलमा सर्वाधिक अविजित २८ सर्वाधिक रन बनाउदा दिपक बोहराले ९ बलमा महत्त्वपूर्ण १७ रन बनाउन सफल भए।बलिङतर्फ बाजुराका लागि दिपक रोकायाले २ ओभरमा १७ रन खर्चंदै सर्वाधिक १ विकेट लिन सफल हुँदा पनि आफ्नो टोलिलाइ जित भने दिलाउन सकेनन्।

प्रतियोगिताअन्तर्गत चौथो दिनका भोलि हुने खेलहरुमा कञ्चनपुर र अछाम कैलाली र डडेल्धुराबीच प्रतिस्पर्धा हुने छनोट प्रतियोगिता संयोजक दिनेशबहादुर सिंहले जानकारी दिनुभएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *