भाद्र,१४,धनगढी।
राष्ट्रिय खेलकुद परिषदको कार्यतालिका अनुसार यहि असोज २८-कार्तिक ३ गतेसम्म गण्डकी प्रदेशको पोखरामा आयोजना हुने नवौ वृहत राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीस्वरुप सुदुरपश्चिम प्रदेश खेलकुद परिषदको आयोजना तथा सुदुरपश्चिम प्रादेशिक क्रीकेट संघको व्यवस्थापनमा हिजोदेखि धनगढीको फाप्ला क्रीकेट मैदानमा सुरु भएको सुदुरपश्चिम प्रदेश स्तरीय पुरुष छनोट क्रीकेट प्रतियोगिताको दोश्रो दिनको खेलमा बैतडीले डोटीलाइ ४५ रनले पराजित गर्दै छनोट प्रतियोगितामा विजयी सुरुवात गर्न सफल भएको छ।
दोश्रो दिनको खेलमा डोटीले टस जित्दै बैतडीलाइ पहिला ब्याटिङ गर्न पहिला मैदान उत्रन बाध्य बनाएको हो।फलस्वरूप,बैतडीले निर्धारित १२ ओभरको खेलमा ६ विकेटको क्षतिमा ९४ रन सफल भयो।ब्याटिङतर्फ बैतडीका लागि लोकेन्द्र चन्दले १७ बलमा सर्वाधिक अविजित २४ रन बनाउदा विरेन्द्र नाथ १२ बलमा २० रन,कप्तान वसन्त खत्री १४ बलमा १८ रन तथा नरेन भट्टले ११ बलमा १३ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो स्कोर छुन सकेनन्।बलिङतर्फ डोटीका लागि सविन महराले ३ ओभरमा २५ रन खर्चंदै सर्वाधिक २ विकेट लिन सफल हुँदा भोजराज भट्ट ३ ओभरमा ११ रन तथा क्रीश ऐरले २ ओभरमा ११ रन खर्चंदै समान १/१ विकेट लिन सफल भए।
९५ रनको मध्यम विजयी लक्ष्य पछ्याउँदै मैदान उत्रेको डोटीले निर्धारित १२ ओभरको खेलमा ८ विकेटको क्षति मात्र ४९ रन बनाउनसक्दा खेल ४५ रनले गुमाउन पुगेको टिम प्रशिक्षक राजु घलेले बताउनुभयो।ब्याटिङतर्फ डोटीका लागि आयुश खड्काले २० बलमा सर्वाधिक १६ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो स्कोर छुन सकेनन्।बलिङतर्फ बैतडीका लागि गजेन्द्र बोहराले ३ ओभरमा १ मेडेनसहित ६ खर्चंदै सर्वाधिक ३ विकेट लिन सफल हुँदा ऋषिकेष बोहराले २ ओभरमा ८ रन खर्चंदै महत्त्वपूर्ण २ विकेट लिन सफल हुँदै आफ्नो टोलिलाइ पहिलो जित दिलाउन सफल भए।
प्रतियोगिताअन्तर्गत तेश्रो दिनका भोलि हुने खेलहरुमा कैलाली र डडेल्धुरा त्यस्तैगरी बैतडी र बाजुरा बीच प्रतिस्पर्धा हुने छनोट प्रतियोगिता संयोजक दिनेशबहादुर सिंहले जानकारी दिनुभएको हो।