Skip to content
Home » सन्तोषको सानदार ब्याटिङमा नवलपुर विजयी

सन्तोषको सानदार ब्याटिङमा नवलपुर विजयी

  • by

गैडाकोटमा जारी दोस्रो गैडाकोट मेयर कप-२०७९को पहिलो तथा नकआउट खेलमा नवलपुरले पर्बतलाई ६ विकेटले हराउदै सेमी-फाइनलमा आफ्नो स्थान पक्का गरेको छ।

नवजागरण खेल मैदानमा टस जितेर पर्बतले १९.४ ओभरमा सबै विकेट गुमाउदै १२६ रन जोडेको थियो। पहिलो विकेटका लागि धुर्ब सुबेदी र शंकर रानाले 7. २ ओभरमा ५७ रन जोडेका थिए। शंकरले ५औ ओभरमा बिशाल पौडेललाई ४ छक्का प्रहार गरेका थिए। ७.३ ओभरमा सुदिप अर्यालले शंकरलाई बोल्ड गर्दै खेलमा फर्काएका थिए। शंकरले २० बलमा ४० रनको आक्रामक पारी खेले। उनले पारीमा २ चौका र ३ छक्का प्रहार गरे। त्सपछि निरन्तर विकेट गुमाउदै गएको पर्बत १२६ रनमा समेटियो। पर्बतका धुर्ब सुबेदीले ३६ बलमा २५ रन जोडे। अन्य ब्यटरको प्रदर्शन भने सम्झन लायक रहेन।

नवलपुरका सुदिप अर्यालले ४ ओभरमा ३० रन खर्चिएर ३ विकेट लिए। रशिद खानले ४ ओभरमा १ मेडन राख्दै २० रन खर्चिएर २ विकेट लिए।

१२७ रनको सामान्य लक्ष्य लिएर मैदानमा आएको नवलपुरले १६.२ ओभरमा ४ विकेट गुमाउदै जित दर्ता गर्यो। जितमा सन्तोष कार्की र गौरब बिकेले महत्त्वपूर्ण साझेदारी गरे। आक्रामक पारी खेल्दै सन्तोष कार्कीले ३८ बलमा ६२ रन प्रहार गरे। उनले २७ बलमा अर्धसतक पुरा गरेका थिए। कार्कीले ५ चौका र ५ छक्का प्रहार गरे। गौरब बिकेले १० बलमा १६ रन जोडे।

पर्बतका शंकर राना ,बिकाश छेत्री र सुबाश भट्टराईले सम्मान एक एक विकेट लिए।खेलको म्यान अफ द म्याच सन्तोष कार्की भए।

प्रतियोगतामा गण्डकी प्रदेशबाट पर्बत , स्यांग्जा ,नवलपुर ,तनहु , बग्लुङ्ग , र कास्की रहेका छन् भने बाग्मती बाट चितवन र लुम्बिनी प्रदेश बाट नवलपरासी टोली रहेका छन्। प्रतियोगिताको उद्घाटन खेलमा नवलपुर र पर्बत खेल्दै छन्। प्रतियोगिताको विजेताले रु दुइ लाख धनराशी हात पर्ने छ साथै उप बिजेताले १ लाख १० हजार धनराशी हात पर्ने छ।

प्रतियोगिताको लाइभ स्कोर ढिंडो क्रिकेटले गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *