नेपाल क्रीकेट संघको वार्षिक कार्यक्रमअनुसार यहि कञ्चनपुर जिल्ला क्रीकेट संघको आयोजनामा महेन्द्रनगरमा सञ्चालनमा रहेको वाइवाइ यू१९ प्रादेशिक क्रीकेट छनोट प्रतियोगिताको दोश्रो दिनको पहिलो खेलमा विशाल ऐर चम्किदा डडेल्धुराले दार्चुलालाई १७३ रन तथा दोश्रो खेलमा कप्तान अशोक धामी चम्किदा बझाङले डोटीलाइ ४ विकेटले पराजित गर्न सफल हुँदै पहिलो जित निकाल्न सफल भएका छन्।
कञ्चनपुर जिल्लाको कभर्डहलमा भएको खेलमा डडेल्धुराले टस जित्दै पहिला ब्याटिङ गर्ने निर्णय लिएको हो।फलस्वरूप,निर्धारित ४० ओभरमा ९ विकेटको क्षतिमा २२९ रन जोड्न सफल भयो।ब्याटिङतर्फ डडेल्धुराका लागि विशाल ऐरले ८१ बलमा सर्वाधिक ६७ रन बनाउन सफल हुदा अरुणप्रकाश दानी ४३ बलमा ४४ रन,सचिन साउँद ५८ बलमा ३७ रन,निर्मल पुनमगर १७ बलमा १७ रन तथा कैलाश ऐरले १६ बलमा अविजित १४ रन बनाउन सफल भए।बलिङतर्फ दार्चुलाका लागि विरेन बमले ८ ओभरमा ४२ रन खर्चंदै सर्वाधिक ५ विकेट लिन सफल हुदा राजेन्द्र साउँदले ८ ओभरमा ३७ रन खर्चंदै महत्त्वपूर्ण २ विकेट लिन सफल भए।
२३० रनको उच्च विजयी लक्ष्य पछ्याउँदै ब्याटिङमा मैदान उत्रेको दार्चुलाले निर्धारित ४० ओभरको खेलमा १८.४ ओभरमा सम्पुर्ण विकेटको क्षतिमा मात्र ५६ रन बनाउनसक्दा खेल १७३ रनको फराकिलो अन्तरले गुमाउनपुग्यो।ब्याटिङतर्फ दार्चुलाका लागि रोशन कुँवरले १५ बलमा सर्वाधिक १५ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो रन अंक छुन सकेनन्।बलिङतर्फ डडेल्धुराका लागि सचिन मल्लले ४.४ ओभरमा १ मेडेनसहित ९ रन खर्चंदै सर्वाधिक ४ विकेट लिन सफल हुँदा सुवेश रावलले ५ ओभरमा २६ रन खर्चंदै महत्त्वपूर्ण ३ विकेट लिन सफल भए।त्यस्तै,कृष्ण बिष्टले ३ ओभरमा १ मेडेनसहित १३ रन खर्चंदै २ विकेट तथा कैलाश ऐरले ६ ओभरमा ३ मेडेनसहित ७ रन खर्चंदै महत्त्वपूर्ण १ विकेट लिन सफल भए।
वाइवाइ यू१९ प्रादेशिक छनोट एकदिवसीय क्रीकेट प्रतियोगिताको दोश्रो दिनको पहिलो खेलमा डडेल्धुरा १७३ रनको फराकिलो अन्तरले विजयी हुनसफल भयो।उक्त खेलमा म्यान अफ दी म्याच डडेल्धुराका विकेटकिपर ब्याट्सम्यान विशाल ऐर घोषित हुन सफल भए।
कञ्चनपुरको खुलामञ्चमा भएको दोश्रो खेलमा डोटीले टस जित्दै पहिला ब्याटिङ गर्ने निर्णय लिएको हो।फलस्वरूप, निर्धारित ४० ओभरको खेलमा १७.४ ओभरमा सम्पुर्ण विकेटको क्षतिमा मात्र ७८ रन बनाउनसक्यो।ब्याटिङतर्फ डोटीका लागि क्रीश ऐरले १७ बलमा सर्वाधिक १८ रन बनाउन सफल हुँदा विनोद बोहराले १७ बलमा १४ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो रन अंक छुन सकेनन।बलिङतर्फ बझाङका लागि कप्तान अशोक धामीले ६.४ ओभरमा १ मेडेनसहित १२ रन खर्चंदै सर्वाधिक ७ विकेट लिन सफल हुँदा सञ्जय बोहराले ६ ओभरमा ३६ रन खर्चंदै महत्त्वपूर्ण २ विकेट लिन सफल भए।
७९ रनको झिनो विजयी लक्ष्य पछ्याउँदै मैदान उत्रेको बझाङले निर्धारित ४० ओभरको खेलमा १८.३ ओभर खेल्दै ६ विकेटको क्षतिमा ७९ रन बनाउन सफल हुँदै खेल ४ विकेटले जित्न सफल भयो।ब्याटिङतर्फ बझाङका लागि स्मिथ बुढाले २२ बलमा सर्वाधिक १३ रन बनाउन सफल हुँदा सुरज रोकायाले १५ बलमा अविजित १३ रन तथा चक्र ऐडीले २७ बलमा ११ रन बनाउन सफल भए।बलिङतर्फ डोटीका लागि कप्तान सविन महराले ७.३ ओभरमा ३४ रन खर्चंदै सर्वाधिक ३ विकेट लिन सफल हुँदा उपकप्तान क्रीश ऐरले ६ ओभरमा २७ रन खर्चंदै महत्त्वपूर्ण २ विकेट लिन सफल भएपनि आफ्नो टोलिलाइ जित भने दिलाउन सकेनन्। वाइवाइ यू१९ प्रादेशिक छनोट एकदिवसीय क्रीकेट प्रतियोगिताको दोश्रो दिनको दोश्रो खेल बझाङले ४ विकेटले जित्न सफल भयो।उक्त खेलका म्यान अफ दी म्याच बझाङका कप्तान अशोक धामी घोषित हुन सफल भए।