जारी धादिङ क्रिकेट लिगमा धुनीबेसी नगरपालिकाले नीलकण्ठलाई १३ रनले हराउदै फाइनलमा प्रवेश गरेको छ।
चन्द्रोदय खेल मैदानमा टस जितेर धुनीबेसी नगरपालिकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४० रन बनायो। पहिलो विकेटका लागि धुनीबेसीका ओपनर कुशल रुपाखेती र सुनिल बानिया बिच ६६ रनको साझेदारी भएको थियो। ७.२ ओभरमा कौशललाई अनिल ढकालले बोल्ड गरे। कौशलले २१बलमा १ चौका र ६ छक्काको मद्दतमा ४४ रन प्रहार गरे। सुनिल बानियाले २४ बलमा १६ रन जोडे। त्सपछि भने अन्य ब्यटर क्रिजमा जमेर खेल्ने सकेनन्। समिर तिमल्सिनाले १८ र प्रनित भट्टले १२ रन बनाए।
नीलकण्ठका सुजित श्रेष्ठले ४ ओभरमा १२ रन खर्चिएर ३ विकेट लिए। अनिल ढकालले २ , सन्तोष घिमिरे र अनिश अधिकारीले १-१ विकेट लिए।
१४० रनको लक्ष्य लिएर मैदान आएको नीलकण्ठलाई अन्तिम १२ बलमा २७ रन आवश्यक रहेको थियो। १९औ ओभरमा धुनीबेसीका कौशल रुपाखेतीले केवल ५ रन खर्चिए। अन्तिम ओभरमा नीलकण्ठका कप्तान सन्तोष घिमिरेले सुदिप पाठकको ओभरमा ८ रन जोडे पनि जितको लागि प्राप्त भएन। नीलकण्ठका कप्तान सुदिपले ४६ बलमा ४ चौका र ५ छक्काको मद्दतमा ६० रन प्रहार गरे। सुजित श्रेष्ठले १३ बलमा १५ रन बनाए। नीलकण्ठले २० ओभरमा ४ विकेट गुमाएर १२७ रन बनायो।
धुनीबेसीका सुनिल बानियाले ४ ओभरमा १९ रन खर्चिएर २ विकेट लिए। कौशल रुपाखेतीले र अमृत थापाले १ विकेट लिए। खेलको म्यान अफ द म्याच कौशल रुपाखेती भए।