Skip to content
Home » रोमान्चक खेलमा त्रिपुरासुन्दरी विजयी हुदै फाइनलमा

रोमान्चक खेलमा त्रिपुरासुन्दरी विजयी हुदै फाइनलमा

  • by

जारी धादिङ क्रिकेट लिगमा त्रिपुरासुन्दरी गाउँपालिकाले बेनीघाटलाई रोचक खेलमा ५ रनले हराउदै फाइनलमा प्रवेश गरेको छ।

चन्द्रोदय खेल मैदानमा टस जितेर त्रिपुरासुन्दरी गाउँपालिकाले ब्याटिङ रोजेको थियो। त्रिपुरासुन्दरीले २० ओभरमा ९ विकेट गुमाउदै १०४ रन बनायो। ३१ रनमा आफ्नो पहिलो विकेटको रुपमा कप्तान अमृत थापालाई गुमाएको त्रिपुरासुन्दरीले निरन्तर रुपमा विकेट गुमाएर सामान्य योगफल बनाएको थियो। कप्तान अमृतले १२ बलमा १३ रन बनाए। सहिल भण्डारीले ३३ बलमा २१ रन जोडे। श्री उपध्य र उदय थापाले ११ रन बनाए।

बेनीघाट रोराङ गाउँपालिकाका अमृत लम्सालले ४ ओभरमा १७ रन खर्चिएर २ विकेट लिए। आशिष आचार्यले ४ ओभरमा १० रन खर्चिएर २ विकेट लिए। श्याम त्रिपाठी,अन्जल सिलवाल र रबीन त्रिपाठीले सम्मान एक विकेट लिए।

१०५ रनको लक्ष्य लिएर मैदान आएको बेनीघाटलाई अन्तिम १८ बलमा १९ रन आवश्यक रहेको थियो। १७ औ ओभरको कप्तान अमृत थापाले २ विकेट लिग्दा त्रिपुरासुन्दरी नाटकीय जित तर्फा आग्रसर भएको थियो। बेनीघाटलाई अन्तिम ओभरमा एक विकेट मात्र बाँकी रहदा जितका लागि १० रन आवश्यक रहेको थियो।२०औ ओभरको २ बलमा २ रन जोडे। अन्तिम ३ बलमा ८ रन आवश्यक थियो। १९.५ बलमा केवल एक रन आयो भने अन्तिम बल डट रहदा बेनीघाट ५ रनले पराजित भएको थियो। बेनीघाटले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ९९ रन मात्र जोड्यो। बेनीघाटका श्याम त्रिपाठीले २१ बलमा २० रन बनाए। अन्जलले २० , आशिष मियाले १५ र अमृत लम्सालले १३ रन बनाए।

त्रिपुरासुन्दरीको अमृत थापाले ४ ओभरमा १६ रन खर्चिएर ३ विकेट लिए। बिशालले २ , राम बहादुर राना र उदय थापाले सम्मान एक विकेट लिए। खेलको म्यान अफ द म्याच कप्तान अमृत थापा भए।

Tags:

Leave a Reply

Your email address will not be published. Required fields are marked *