२३,असार,धनगढी।
चटकपुर स्पोर्टस क्लव नेपालको आयोजना तथा एडुपल नेपालको मुख्य प्रायोजनमा आजदेखी धनगढीको फाप्ला क्रीकेट मैदानमा सुरु भएको प्रथम एडुपल नेपाल र धनगढी क्रीकेट एकेडेमीबीचको ४ टी-२० खेलको सिरिजको पहिलो खेलमा एडुपल नेपालले धनगढी क्रीकेट एकेडेमीलाई ४ विकेटले पराजित गर्दै सिरिजमा १-० ले अग्रता पनि लिन सफल भएको छ।
आज दिउँसो भएको सिरिजको पहिलो टी-२० खेलमा एडुपल नेपालले टस जित्दै घरेलु टोलि धनगढी क्रीकेट एकेडेमीलाई पहिला ब्याटिङको निम्तो दिएको हो।फलस्वरूप, धनगढी क्रीकेट एकेडेमीले निर्धारित २० ओभरको खेलमा १९.३ ओभर खेल्दै सम्पुर्ण विकेटको क्षतिमा मात्र १३० रन जोड्न सक्यो।धनगढी क्रीकेट एकेडेमीका लागि वसन्त भट्टले ३८ बलको सामना गर्दै सर्वाधिक ४२ रन बनाउदा विशाल कुँवर २४ बलमा २३ रन,सचिन साउँद १३ बलमा १० रन तथा विनय जोशीले १६ बलमा १० रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो स्कोर छुन सकेनन्।

बलिङतर्फ एडुपल नेपालका लागि रोज शर्माले ४ ओभरमा १६ रन खर्चँदा उपकप्तान सुनिल कार्कीले ३.३ ओभरमा मात्रै ११ रन खर्चंदै समान ३/३ विकेट लिन सफल हुँदा कप्तान भुपेश जोशीले ४ ओभरमा २२ रन खर्चंदै महत्त्वपूर्ण २ विकेट लिन सफल भए।
१३१ रनको विजयी लक्ष्य पछ्याउँदै मैदान उत्रेको एडुपल नेपालले निर्धारित २० ओभरको खेलमा १९.५ ओभर खेल्दै मात्र ६ विकेटको क्षती १३१ रन बनाउदै रोमाञ्चक ४ विकेटको जित आफ्नो नाम दर्ता गराउन सफल हुँदै सिरिजमा पनि १-० ले अग्रता लिन सफल भयो।ब्याटिङतर्फ एडुपल नेपालका लागि विशाल बिष्टले ३९ बलमा सर्वाधिक ४१ रन बनाउदा रवि बुढाले ३० बलमा महत्त्वपूर्ण १७ रन बनाउन सफल भए।बलिङतर्फ धनगढी क्रीकेट एकेडेमीका लागि विनय जोशीले २ ओभरमा १८ रन खर्चंदै सर्वाधिक ३ विकेट लिन सफल हुँदा निरज ऐरले ४ ओभरमा २६ रन खर्चंदै २ विकेट तथा कप्तान इश्वरी बिष्टले ४ ओभरमा २२ रन खर्चंदै महत्त्वपूर्ण १ विकेट लिन सफल भएपनि आफ्नो टोलिलाइ जित भने दिलाउन सकेनन्।

प्रथम एडुपल नेपाल र धनगढी क्रीकेट एकेडमीबीचको ४ खेलको टी-२० खेलको सिरिजको पहिलो खेल एडुपल नेपालले ४ विकेटले जित्न सफल भयो।पहिलो टी-२० खेलको प्लेयर अफ दी म्याच एडुपल नेपालका रोज शर्मा घोषित हुन सफल भए।
४ खेलको टी-२० खेलको सिरिज अन्तर्गतको दोश्रो टी-२० खेल भोलि बिहान ०८:३० बजे धनगढीको फाप्ला क्रीकेट मैदानमा सुरु हुने सिरिज निर्देशक तथा अम्पायर जनक पाण्डेले जानकारी गराउनुभयो।