Skip to content
Home » रामको अल- राउण्डर प्रदर्शनमा गल्छी गाउँपालिका विजयी

रामको अल- राउण्डर प्रदर्शनमा गल्छी गाउँपालिका विजयी

  • by

धादिङ क्रिकेट लिगको तेस्रो खेलमा गल्छी गाउँपालिकाले बेनीघाट रोराङ गाउँपालिकाका माथि ३१ रनको जित दर्ता गरेको छ।

बिशालटारको खेल मैदानमा टस जितेर ब्याटिङको गरेको गल्छी गाउँपालिकाले २० ओभरमा मात्र २ विकेट गुमाउदै १०८ रन जोडेको थियो। गल्छीका राम हरी सापकोटाले ५४ बलमा ४ चौका र ३ छक्काको मद्दतमा ४९ रन जोडे। उनी प्रतियोगिताको पहिलो अर्धसतक बाट मात्र एक रनले चुकेका हुन्। सुजन बुढाठोकीले ४२ बलमा ४१ रनको आजिबित पारी खेले। उनले ४ चौका र २ छक्का प्रहार गरेका थिए।

बेनीघाट रोराङ गाउँपालिकाका आशिष आचार्य र अमृत लम्सालले सम्मान १-१ विकेट लिए।

१०९ रनको सामान्य लक्ष्य लिएर मैदान आएको बेनीघाटले १८.५ ओभरमा सबै विकेट गुमाउदै ७७ रन मात्र जोड्यो। बेनिघाटका अन्जल सिलवाल १४ र अमृत लम्साल ले २४ रन जोडे। अन्यको अन्य ब्यटरको भने सम्झना लायक प्रदर्शन रहेन।

गल्छीका राम हरि सापकोटाले ३.५ ओभरमा २१ रन खर्चिएर ४ विकेट लिए।रुपेश भुजेलले ४ ओभरमा १४ रन खर्चिएर ३ विकेट लिए। खेलको म्यान अफ द म्याच अल- राउण्डर प्रदर्शन गरेका राम हरि सापकोटा भए।

Tags:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Exit mobile version