जारी धादिङ क्रिकेट लिगमा बेनीघाट रोराङ गाउँपालिकाले सिद्धलेक गाउँपालिकालाई ४६ रनले हराउदै समुह बीबाट सेमीफाइनलमा प्रवेश गरेको छ।
चन्द्रोदय खेल मैदानमा टस जितेर सिद्धलेक गाउँपालिकाले बेनीघाट रोराङ गाउँपालिकालाई ब्याटिङको निम्तो दिएको थियो। बेनीघाट रोराङ गाउँपालिकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउदै १३० रन बनायो। बेनीघाटका बिजय सिलवालले १७ बलमा ३ चौका र २ छक्काको मद्दतले २६ रन बनाए। श्याम त्रिपाठीले २० र अन्जल सिलवालले २२ रन जोडे।
सिद्धलेकका आरम्भ तिमल्सिनाले ४ ओभरमा २० रन खर्चिएर २ विकेट लिए। दिवश कडेल , मनिष अर्याल र प्रदिप गिरीले सम्मान एक-एक विकेट लिए।

१३१ रनको मध्यम लक्ष्य लिएर मैदान आएको सिद्धलेकले निर्धारित २० ओभरमा विकेट गुमाउदै मात्र रन बनाए। सिद्धलेकका सचिन श्रेष्ठले ३३ बलमा दुइ चौका र एक छक्काको मद्दतले २६ रन जोडे पनि जितको लागि प्राप्त भएन। ४ ओभरमा ५६ रन आवश्यक रहदा अमृत लम्सालले सचिनलाई बोल्ड गरेका थिए। उमेश सेधाईले २३ बलमा १७ रन बनाए। अन्य ब्यटरको प्रदर्शन भने सम्झन लायक रहेन।
बेनीघाटका रबिन त्रिपाठीले ४ ओभरमा २२ रन खर्चिएर ५ विकेट लिए। अमृत लम्सालले २ , अन्जल सिलवाल र आशिष आचार्यले १ विकेट लिए। खेलको म्यान अफ द म्याच रबिन त्रिपाठी भए।
समुह एबाट सेमी फाइनलका लागि त्रिपुरासुन्दरी गाउँपालिका र धुनीबेसी नगरपालिका प्रवेश गरेका छन्।