Skip to content
Home » महेन्द्र नारायण निधि प्रदेशस्तरिय क्रिकेट खेलमा सप्तरी, पर्सा, बारा सेमिफाईनल प्रवेष

महेन्द्र नारायण निधि प्रदेशस्तरिय क्रिकेट खेलमा सप्तरी, पर्सा, बारा सेमिफाईनल प्रवेष

  • by

राजबिराजमा संचालित महेन्द्र नारायण निधि प्रदेश स्तरिय
क्रिकेट प्रतियाेगिता सेमिफाईनलमा सप्तरी तथा पर्सा र बारा प्रवेष गरेका छन।

अाईतवार लिग चरणकाे तीन वटा खेल सम्पन्न भएकाे पहिलाे खेलमा सप्तरीले धनुषा लाई ३ बिकेटले, दाेस्राे खेलमा पर्सा ले सर्लाही लाई ४ बिकेट ले र तेस्राे खेलमा हराउदै सेमिफाईनलमा प्रवेष गरेका छन ।

उता यस अघि सिरहा क्रिकेट टिम ले नेट रन रेटकाे अाधारमा सेमिफाईलमा प्रवेष गरि सकेका छन।

पहिलाे खेलमा धनुषा ले टस जितेर निर्धारित १५ ओभरकाे खेलमा ८ बिकेट गुमाएर ९३ रनकाे याेगफल खडा गरेका थिए।

जसमा राैनक रत्नम ले सर्वाधिक ३८ रन, हिमान्सु दत ले ३१ रन जाेडेका थिए।

बलिंग तर्फ सप्तरीका राेहित सिँह ले किफायती बलिंग गर्दै ३ ओभरमा ५ रन दिएर ४ बिकेट हात पारेका थिए भने राहुल मण्डल ३ र महबुव अालम ले १ बिकेट लिएका थिए।

जवाफमा सप्तरी ले १३ ओभर २ बलमा ७ बिकेट गुमाई बिजय हात पारेका थिए।

जसमा अमित यादब ले उत्कृष्ट ब्याटींग गर्दै ६ छक्का र १ चाैका काे मदत ले ४३ रन बनाएपछि सप्तरी जित नजिक पुगेका थिए, टिमलाई जित दिलाउन बिवेक यादब १६ रन र नितेश यादब ले १३ रन अविजित खेलपछि टिमका लागि जित सहज भएकाे हाे।

यता बलिंग तर्फ धनुषा का बिक्रान्त यादब र अाकाश राय २/२ बिकेट र दिब्यान्सु मलिक तथा विशाल सुश्लिंग ले १/१ बिकेट लिएका थिए।

खेलकाे म्यान अफ दि म्याच राेहित सिँह घाेषित भएका थिए।

यसैगरी पर्सा र सर्लाही बिच भएकाे दाेस्राे खेलमा टस जितेर सर्लाही ले टस जितेर ७ बिकेट गुमाई १ सय २० रनकाे याेगफल खडा गरेका थिए।

जसमा विशाल पटेल उत्कृष्ट ब्याटिंग गर्दै ३७ रन बनाउदै अबिजित रहे भने अलि हुसेन ले २६ रन साैरभ सुमन २१ रन र राहुल महताे ले २० रन जाेडेका थिए।

बलिंग तर्फ पर्सा का नसरूद्विन अन्सारी ३ बिकेट ब्याश यादब, अलफाज मन्सुरी र सम्साद अन्सारी ले १/ १ बिकेट लिएका थिए।

जवाफ मा पर्सा ले १४ ओभर २ बल खेल्दै ६ बिकेट गुमाई बिजय हात पारे सँगै सेमिफाईनल मा प्रवेष गरेका छन।

जसमा ईमरान शेख ५७ रन, सुरज पटेल २१ र संताेष कार्कि तथा हासिम अन्सारी ले ११/११ रन बनाएका थिए।

बलिंग तर्फ सर्लाही का चक्रधर र अाशिष महताे २/२ बिकेट र विशाल पटेल र सन्दिप खडका १/१ बिकेट हात पारे।

खेलकाे म्यान अफ दि पर्सा का म्याच ईमरान शेख घाेषित भएका थिए।

त्यस्तै तेस्राे चरणकाे खेल अन्तर्गत बारा र राैतहट बिच भएकाे खेलमा टस जितेर राैतहट ले टस जितेर ब्याटिंग गर्दै
७ बिकेट गुमाएर १ सय २ रन बनाएका थिए।

जसमा अरबिन्द जसवाल ३६ रन, रणबिर यादब १९ रन, अस्चल चाैधरी १३ रन र नितेश यादब ले १३ रन अविजित रहेका थिए ।

बलिंग तर्फ बारा का तिर्थ राज दास ३ र कुमार थापा २ र अरनिकाे यादब १ बिकेट लिएका थिए।

जवाफ मा बारा ले १४ ओभर ५ बलमा सबै बिकेट गुमाई १ सय रन मात्र बनाएपछि राैतहट ले जित हात पारेकाे हाे।

जसमा रबी साह ३८ रन, तिर्थराज दास र मेघराज महरा ले १७/१७ रन जाेडेका थिए।

बलिंग तर्फ रा‌ैतहटका रंजित मुखिया ले किफायति बलिंग गर्दै ४ बिकेट लिएपछि जित सहज भएकाे थियाे भने टिमका शनि साह २ बिकेट तथा नितेश यादब, नरेश साह, सागर पासवान र शुभम साह ले १/१ बिकेट हात पारेका थिए।

यता राैतहटले जित हात पारेपनि रन रेट काे अाधारमा बारा सेमिफाईनलमा प्रवेष गरेका छन।

उक्त खेलकाे म्यान अफ दि म्याच राैतहट टिमका रंजित मुखिया घाेषित भएका छन।

भाेलीकाे पहिलाे सेमिफाईनल खेल सप्तरी र बारा तथा सिरहा र पर्सा बिच हुने सप्तरी क्रिकेट सँघ का शंभु दास ले जानकारी दिएका छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *