Skip to content
Home » महेन्द्र नारायण निधि प्रदेशस्तरिय क्रिकेटकाे उपाधी सप्तरीकाे कब्जामा, बिजेता सप्तरी क्रिकेट टिम ले ५० हजार नगद पुरस्कार प्राप्त

महेन्द्र नारायण निधि प्रदेशस्तरिय क्रिकेटकाे उपाधी सप्तरीकाे कब्जामा, बिजेता सप्तरी क्रिकेट टिम ले ५० हजार नगद पुरस्कार प्राप्त

  • by

राजबिराजमा संचालित महेन्द्र नारायण निधि प्रदेशस्तरिय क्रिकेट प्रतियाेगिता काे साेमवार सम्पन्न फाईनल खेलमा सप्तरी ले सिरहा लाई ६ बिकेट ले पराजित गर्दै उपाधी माथि कब्जा जमाएकाे हाे।

टस जितेर सिरहा ले निर्धारित १५ अाेभरकाे खेलमा सबै बिकेट गुमाई ९१ रन काे याेगफल खडा गरेका थिए।

जसमा रूपेश सिँह ले २६ रन, दिपेश दास ले २० र अफरूद्विन ले १२ रन बनाउदै अविजित रहेका थिए।

बलिंग तर्फ सप्तरीका महबुव अालम र राहुल मण्डल ले किफायती बलिंग गर्दै ३/३ बिकेट र बिकास दास २ तथा र राेहित सिँह र राज बर्मा ले १/ १ बिकेट हात पारेका थिए।

जवाफ मा सप्तरी ले १० अाेभर ३ बलमा ४ बिकेट गुमाएर उपाधी माथि कब्जा जमाएकाे हाे।

जसमा राेहन बिक सर्वाधिक ३१ रन,राहुल मण्डलले २१ र महबुव अालम १६ रन खेल्दै दुबै खेलाडी अविजित रहेपछि जित सहज भएकाे हाे थियाे भने अाशिष झा ले पनि १० बनाएका थिए।

बलिंग तर्फ िसरहा का कुश मण्डल, रूपेश सिँह, अजरूद्विन र फतेह सिद्विकी ले समान्य १/१ बिकेट हात पारे।
फाईनल खेलकाे म्यान अफ दि म्याच महबुव अालम घाेषित भएका थिए ।

प्रदेश क्रिकेट सँघ का अध्यक्ष हिरा भगत काे अध्यक्षतामा अायाेजित समापन कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य दिनेश कुमार यादब, नेपाल क्रिकेट सँघ का केन्द्रीय काेषाध्यक्ष राेशन सिँह, प्रदेश क्रिकेट सँघ उपाध्यक्ष सुनिल महासेठ, प्रदेश सचिव अायुष श्रेष्ठ, प्रदेश सदस्य सतिश कुमार सिँह, लगायतले बिजेता,उपबिजेता लाई शिल्ड, कप, मेडेल, प्रमाणपत्र प्रदान गरेका थिए।

उक्त अवसरमा बिजेता सप्तरी क्रिकेट टिम लाई ५० हजार नगद र उपबिजेता सिरहा टिमलाई ३० नगद पुरस्कार समेत प्रदान गरिएकाे प्रदेश क्रिकेट सँघका सचिव अायुष श्रेष्ठ ले जानकारी दिएका छन।

उक्त प्रतियाेगिता म्यान अफ दि सिरिज सप्तरी का राेहित सिँह, बेस्ट ब्याटस म्यान सिरहा का राकेश कामैत, बेस्ट बलर पर्साका नसरूद्विन अन्सारी घाेषित भएकाे सप्तरी क्रिकेट सँघका सचिव चन्दनकुमार यादब ले जानकारी दिएका छन।

उक्त प्रतियाेगितामा मधेश प्रदेश अन्तर्गत ८ जिल्ला का टिमहरूकाे सहभागिता रहेकाे थियाे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *