मकवानपुर क्रिकेट संघको आयोजनामा हेटौडामा एकदिवसीय क्रिकेट श्रंखला हुने भएको छ । मकवानपुर र चितवनबीच हुने श्रंखला हेटौडाको हुप्राचौरमा आयोजना हुने मकवानपुर जिल्ला क्रिकेट संघले जनाएको छ ।
श्रंखलाको पहिलो खेल चैत १३ आयोजना हुने भएको छ । प्रतियोगिताका लागि चितवन क्रिकेट संघका टोली भोली (सोमवार) हेटौडा आईपुग्ने मकवानपुर जिल्ला क्रिकेट संघका सचिव बिनोद बाँनियाले बताए । प्रतियोगिताको दोस्रो खेल चैत १४ र तेस्रो चैत १५ गते हुनेछ ।
प्रतियोगिताका खेलहरु आइसीसीको नियम अनुसार हुने र कोरोना भाइरसको महामारी पछि हेटौडामा क्रिकेट गतिबिधिहरु कम भइरहेको अवस्थामा यो श्रंखलाले क्रिकेट गतिबिधिहरुलाई पुनः पुरानै स्वरुपमा फर्काउने विश्वास रहेको मकवानपुर जिल्ला क्रिकेट संघका अध्यक्ष वासुलाल श्रेष्ठले बताए ।