Skip to content
Home » मकवानपुर र चितवनबीच एकदिवसीय श्रंखला हुँदै

मकवानपुर र चितवनबीच एकदिवसीय श्रंखला हुँदै

  • by

मकवानपुर क्रिकेट संघको आयोजनामा हेटौडामा एकदिवसीय क्रिकेट श्रंखला हुने भएको छ । मकवानपुर र चितवनबीच हुने श्रंखला हेटौडाको हुप्राचौरमा आयोजना हुने मकवानपुर जिल्ला क्रिकेट संघले जनाएको छ ।

श्रंखलाको पहिलो खेल चैत १३ आयोजना हुने भएको छ । प्रतियोगिताका लागि चितवन क्रिकेट संघका टोली भोली (सोमवार) हेटौडा आईपुग्ने मकवानपुर जिल्ला क्रिकेट संघका सचिव बिनोद बाँनियाले बताए । प्रतियोगिताको दोस्रो खेल चैत १४ र तेस्रो चैत १५ गते हुनेछ ।

प्रतियोगिताका खेलहरु आइसीसीको नियम अनुसार हुने र कोरोना भाइरसको महामारी पछि हेटौडामा क्रिकेट गतिबिधिहरु कम भइरहेको अवस्थामा यो श्रंखलाले क्रिकेट गतिबिधिहरुलाई पुनः पुरानै स्वरुपमा फर्काउने विश्वास रहेको मकवानपुर जिल्ला क्रिकेट संघका अध्यक्ष वासुलाल श्रेष्ठले बताए ।

Tags:

Leave a Reply

Your email address will not be published. Required fields are marked *