Skip to content
Home » मकवानपुर फाइनलमा

मकवानपुर फाइनलमा

  • by

काठमाडौं मा जारी प्रधानमन्त्री कप एक दिवशिय क्रीकेट प्रतियोगिता बागमती छनौट अन्तर्गत मकवानपुर फाइनल मा प्रबेश गरेको छ । काठमाडौं को मुलपानी क्रीकेट मैदान मा बुधवार भएको खेल मा मकवानपुर ले त्रिभुवन बिश्वा बिद्यालय लाई ७ विकेटले पराजित गर्दै फाइनल को यात्रा तय गरेको हो ।

टस जितेर बलिङ गरेको मकवानपुरले त्री बि लाई ५८ रन मा समेटेको थियो । घातक बलिङ को प्रदर्शन गरेको मकवानपुर का बलर सामु त्री बि ले घुँडा टेक्न बाद्य भएको थियो । मकवानपुर का समिर चौलागाइ ले सर्बाधिक ५ विकेट लिदै त्रीबी लाई दबाब मा पारेको थियो । त्यसै गरी राम नरेश गिरी ३ तथा पियुष शर्मा ले २ विकेट लिएका थिए । त्रीबी का लागी सन्देश पँगेनी १९ तथा कप्तान पृथु बास्कोटा ले ११ रन बाहेक अन्य ब्याट्स्मन ले दोहोरो रन बनाउन सकेन ।

५९ रन को झिनो लक्ष्य पछ्याएको मकवानपुर ले १७ औ ओभर मा ३ विकेट गुमाउदै लक्ष्य हासिल गर्‍यो । मकवानपुर का बिशाल फुयाल २१ र तक्षक सिंखडा ले १८ रन बनाएका थिय । ५ विकेट लिएका मकवानपुर का समिर चौलागाइ म्यान अफ द म्याच घोषित भए । उले ट्रफी सँग १८ हजार नगद पाएका छन ।

उनलाई मकवानपुर का पूर्व खेलाडी उत्सब सिग्देल ले ५ विकेट लिए बापत १० हजार , म्यान अफ द म्याच बापत ३ हजार र सौरभ आचार्य ले ५ हजार पाएका छन । अब मकवानपुर ले बिहिबार काठमाडौं र ललितपुर बिच हुने खेल का बिजेता सँग सुक्रबार उपाधिका लागि खेल्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *