Skip to content
Home » भरतपुरलाई इसीए मेयर लिगको उपाधि

भरतपुरलाई इसीए मेयर लिगको उपाधि

  • by

चितवन- प्रथम इष्टर्न क्रिकेट एकेडेमी (इसीए) मेयर लिग टी–२० क्रिकेट प्रतियोगिताको उपाधि भरतपुर इलेभेनले जितेको छ । शनिबार भएको फाइनल खेलमा भरतपुर इलेभेनले सौराहा स्याण्डरलाई ७ विकेटले हराउदै उपाधि जितेको छ । यो संगै च्याम्पियन ले ५० हजार प्राप्त गरेका छन् ।

टिकौली खेल मैदानमा टस जितेर भरतपुर इलेभेनले सौराहा स्याण्डरलाई ब्याटिङको निम्तो दिएको थियो। सौराहाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १४८ रन जोडेको थियो। सौराहाका ओपनर ब्याटर बिमल चालिसे र बिदुर मगरले उत्कृष्ट सुरुवात दिएका थिए। पहिलो विकेटको लागि ओपनर ब्याटरले ६५ रनको साझेदारी गरेका थिए। बिदुर मगरले २१ बलमा ५ चौका र १ छक्का मद्दतले ३२ रन प्रहार गरेका थिए। उनलाई रोनिम तिवारीले बोल्ड गर्दै भरतपुर इलेभेनलाई खेलमा फर्काएका थिए। बिमल चालिसेले प्रतियोगितामा आफ्नो दोस्रो अर्धसतक प्रहार गरे। बिमलले ५१ बलमा ७ चौका र १ छक्काको मद्दतले ५६ रन प्रहार गरे। साथै अजित भण्डारीले १६ बलमा ३ चौका मद्दतले २६ रन प्रहार गरे।

भरतपुर इलेभेनका रोमिन तिवारीले ४ ओभरमा २९ रन खर्चिएर २ विकेट लिए। दिवश आचार्यले ४ ओभरमा २० रन खर्चिएर २ विकेट लिए। रोनिम आचार्यले सौराहा स्याण्डरका दुवै ओपनर ब्याटर बिमल चालिसे र बिदुर मगरलाई आउट गरेका थिए।

१४९ रनको मध्यम लक्ष्य लिएर भरतपुरलाई अनितम १८ बलमा २५ रन आवश्यक स्थितिमा कप्तान प्रतिक श्रेष्ठले समालेर ब्याटिङ गर्दा भरतपुरले उपाधि चुमेको छ। भरतपुरले १८.४ ओभरमा ३ विकेट गुमाएर लक्ष्य हासिल गर्यो। कप्तान प्रतिक श्रेष्ठले ३८ बलमा ७ चौका र ३ छक्काको मद्दतमा ६४ रनको आक्रामक पारी खेले। ओपनर रोनिम तिवारीले ४३ बलमा ४९ रन बनाउदै प्रतियोगितामा आफ्नो दोस्रो अर्धसतक बनाउन बाट १ रनले चुके।

सौराहा स्याण्डरका रिजन ढकाल , सन्तोष न्यौपाने र सौगात ढकालले सम्मान एक-एक विकेट लिए। फाइनल खेलको म्यान अफ द म्याच रोनिम तिवारी भए।

भरतपुरलाई उपाधि जिताउने कप्तान प्रतिक श्रेष्ठले प्रतियोगितामा १३५ बलमा १८ चौका र १७ छक्काको मद्दतले २३५ रन प्रहार गरे। प्रतिक श्रेष्ठ प्रतियोगिताको उत्कृष्ट ब्याटर र म्यान अफ द सिरिज भए। प्रतियोगिताको उत्कृष्ट बलर टाँडी टाइटन्सका नरेश प्रदान भए । नरेशले प्रतियोगितामा ९ विकेट लिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *