Skip to content
Home » बुबा-छोराको सानदार प्रदर्शन , त्रिपुरासुन्दरी सेमीफाइनलमा

बुबा-छोराको सानदार प्रदर्शन , त्रिपुरासुन्दरी सेमीफाइनलमा

  • by

जारी धादिङ क्रिकेट लिगमा त्रिपुरासुन्दरी गाउँपालिका सेमी- फाइनलमा प्रवेश गरेको छ। ३ खेलमा २ जित ननिकाल्दै त्रिपुरासुन्दरी सेमी फाइनलमा प्रवेश गरेको हो। त्रिपुरासुन्दरीले लिगको अन्तिम खेलमा खनियाबास गाउँपालिका माथि ४३ रनको बिशाल जित हासिल गरेको छ।

टस जितेर ब्याटिङ रोजेको त्रिपुरासुन्दरीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १३६ रन जोडेको थियो। त्रिपुरासुन्दरीका कप्तान अमृत थापाले ५ बलमा २ चौका र १ छक्काको मद्दतमा १४ रन जोडे। श्री उपध्यले १७ बलमा २० रन जोडे। उदय थापाले ३२ बलमा ३ चौकाको मद्दतले २३ रनको आजिबित पारी खेले। सौरब थपलियाले ३२ बलमा ३० रन जोडे।

खनियाबासका मोहन गुरुङले २ विकेट लिए। सरोज लम्साल र अमृत गुरुङले सम्मान १/१ विकेट लिए।

१३७ रनको लक्ष्य लिएर मैदान आएको खनियाबास १८.३ ओभरमा सबै विकेट गुमाउदै मात्र ९३ रनमा समेटियो। खनियाबासलाई सस्तोमा रोक्न बुबा- छोराको जोडीले ७ विकेट लिए। बुबा उदय थापाले ४ ओभरमा २७ रन खर्चिएर ३ विकेट लिए। छोरा अमृत थापाले ४ ओभरमा २१ रन खर्चिएर ४ विकेट लिए।

खनियाबासका बिशाल गुरुङले २० , बिशान गलेले १७ र प्रवेश थापाले ११ रन जोडे। अन्य ब्यटरको भने सम्झना लायक प्रदर्शन रहेन। खेलको म्यान अफ द म्याच उदय थापा भए। धादिङ क्रिकेट लिगमा समुह एबाट धुनीबेसी नगरपालिका र त्रिपुरासुन्दरी गाउँपालिका सेमी फाइनलमा प्रवेश गरेका हुन्। सेमी फाइनलको खेल कार्तिक ६ गते हुनेछ।

Tags:

Leave a Reply

Your email address will not be published. Required fields are marked *