प्रथम इष्टर्न क्रिकेट एकेडेमी (इसीए) मेयर लिग टी–२० क्रिकेट प्रतियोगिताको चौथो खेलमा नेप्लीज क्यानेडियन क्रिकेट क्लबले टाँडी टाइटन्स माथि ८० रनको फराकिलो जित दर्ता गर्दै प्रतियोगितामा आफ्नो पहिलो जित दर्ता गरेको छ।
टिकौली खेल मैदानमा टस जितेर टाँडी टाइटन्सले नेप्लीज क्यानेडियन क्रिकेट क्लबलाई ब्याटिङको निम्तो दिएको थियो। सुरुवाती १० ओभरमा ७० रन जोड्दै ३ विकेट गुमाएको थियो। त्सपछि बिशाल पौडेल र कप्तान गौतम केसीले आक्रामक पारी खेल्दा नेप्लीज क्यानेडियन क्रिकेट क्लबले २० ओभरमा ७ विकेट गुमाउदै १७९ रन जोडेको थियो। बिशाल पौडेलले ३० बलमा ४ चौका र २ छक्काको मद्दतमा ३८ रन प्रहार गरेका थिए। साथै गौतम केसीले १८ बलमा ५ चौका र १ छक्काको मद्दतमा ३५ रनको आजिबित पारी खेले। अर्का टप- अडर ब्याटर लकी प्रसाद सापकोटाले ३४ बलमा ३५ रन प्रहार गरे।
टाँडी टाइटन्सका जेनिश क्षेत्रीले ४ ओभरमा २० रन खर्चिएर २ विकेट लिए। साथै रिजन काफ्ले र नरेश प्रधानले सम्मान १/१ विकेट लिए।
१८० रनको बिशाल लक्ष्य लिएर मैदान आएको टाँडी टाइटन्स सुरुवाती ६ ओभरमा मात्र २१ रन जोड्दै ३ विकेट गुमाएको थियो भने १० ओभरमा ४८ रन जोड्दै ६ विकेट गुमाउन पुगेको थियो। त्सपछि तल्लो क्रमका ब्याटर नरेश प्रधानले १४ बलमा ३ छक्काको मद्दतले २८ रन प्रहार गर्दा टाइटन्स १९.५ ओभरमा सबै विकेट गुमाउदै मात्र ९९ रन जोड्दा ८० रनको हार बेहोरेको थियो। टोलीका लागि अन्य ब्याटरको प्रदर्शन भने सम्झन लायक रहेन।
टाँडीलाई सस्तोमा रोक्न नेप्लीज क्यानेडियन क्रिकेट क्लबका बिशाल पौडेलले ४ ओभरमा १ मेडन राख्दै ५ रन खर्चिएर ३ विकेट लिए। साथै कप्तान गौतम केसीले २ तथा नबिन यादवले ३.५ ओभरमा १६ रन खर्चिएर ३ विकेट लिएका थिए। खेलको म्यान अफ द म्याच अल- राउन्डर प्रदर्शन गरेका बिशाल पौडेल भए।
प्रतियोगितामा नेप्लीज क्यानेडियन क्रिकेट क्लबले २ खेलमा १ खेल जितेको छ भने टाँडीले पनि २ खेलमा १ खेल जितेको छ।