प्रथम इष्टर्न क्रिकेट एकेडेमी (इसीए) मेयर लिग टी–२० क्रिकेट प्रतियोगिताको दोस्रो खेलमा सौराहा स्याण्डरले भरतपुर इलेभेन माथि ७ विकेटको जित दर्ता गरेको छ।

टिकौली खेल मैदानमा टस जितेर भरतपुरले ब्याटिङ गर्ने निर्णय गरेको थियो। भरतपुरले साकार ढकालको बिस्पोटक ब्याटिङका कारण निर्धारित २० ओभरमा ७ विकेट गुमाउदै १७५ रन जोडेको थियो। ओपनर ब्याटर साकारले ६५ बलमा ५ चौका र ५ छक्काको मद्दतमा ७६ रन प्रहार गरे। साथै दिवश आचार्यले १२ बलमा २३ रन प्रहार गरे। अन्य ब्याटरको प्रदर्शन भने सम्झन लायक रहेन।
सौराहा स्याण्डरका सौगात ढकालले ४ ओभरमा १७ रन खर्चिएर २ विकेट लिए। उज्वल थापा , रिजन ढकाल , राज पाण्डे र बिमल चालिसेले सम्मान एक -एक विकेट लिए।

१७६ रनको चुनौतीपूर्ण लक्ष्य लिएर आएको सौराहा स्याण्डर लागि ओपनर ब्याटर बिमल चालिसेले सानदार ब्याटिङ गर्दा ७ विकेटको जित दर्ता गर्यो। बिमलले ६० बलमा ६ चौका र ३ छक्काको मद्दतमा ८० रन प्रहार गरे। कप्तान सन्तोष न्यौपानेले १७ बलमा २८ रन प्रहार गरे। दिपन बानियाले २२ बलमा ९ चौकाको मद्दतले ४४ रनको आक्रामक पारी खेले।
भरतपुरका कप्तान प्रतिक श्रेष्ठ र राजन श्रेष्ठले सम्मान एक-एक विकेट लिए। खेलको म्यान अफ द म्याच सौराहाका बिमल चालिसे भए।