बर्दियाको सर्वाधिक ठूलो क्रिकेट लिग बर्दिया प्रिमियर लिग ((बिपीएल-३ ) छिटै हुने भएको छ। नयाँ शिरा युवा क्लबकाको आयोजनामा हुन्लाएको यस प्रतियोगितामा देश भरका कुल ८-१२ क्लबको सहभागिता हुने सम्भावना छ । नयाँ शिरा युवा क्लबका अध्यक्ष प्रमोद चन्दका स्वर्गीय बुबा बिर बहादुर चन्दको समृतमा बर्दिया प्रिमियर लिग आयोजना हुनलाएको हो।
“यस वर्षको बर्दिया प्रिमियर लिग भब्य बनाउने लागिपरेको छौ। प्रतियोगिता ओपन टि-२० रुपमा नै संचालन हुने छ। गत वर्ष ८ टोली थिए भने यस वर्ष १२ सम्म गराउने की भन्ने बारे कुरा भैरेको छ। प्रतियोगितामा सहभागिता हुन चाहने क्लबले हाम्रो बर्दिया प्रिमियर लिगको पजेमा सम्पर्क गर्नु हुने अनुरोध गर्दा छु। ” अध्यक्ष चन्दले भने।
बर्दिया जिल्लाको क्रिकेटमा विकास तथा युवा खेलाडीलाई आफ्नो खेल देखाउने अवसरको रूपमा रहेको बर्दिया प्रिमियर लिगको प्रतेक खेलको स्कोर अपडेट नेपाली क्रिकेट प्रेमीहरु माझ ढिंडो क्रिकेटले आफ्नो वेबसाइट र फेसबुक मार्फत दिने छ।प्रतियोगितामा स्कोरिंग पार्टनर रूपमा रहने गरी आयोजक नयाँ शिरा युवा क्लबका अध्यक्ष प्रमोद चन्द र ढिंडो क्रिकेटका सञ्चालक सचिन ढकाल बिच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
गत संस्करणको बर्दिया प्रिमियर लिगको हिमालयन क्रिकेट एकेडेमीले उपाधि जितेको छ । फाइनलमा हिमालयनले स्टार क्रिकेट एकेडेमीलाई १५ रनले हराउदै उपाधि जितेको थियो ।च्याम्पियन हिमालयनले १ लाख ११ हजार १ सय ११ र उपविजेता स्टारले ५१ हजार १ सय ११ रुपैयाँ प्राप्त गरेका थिए ।