Skip to content
Home » फाइनलमा वर्षा बाधक

फाइनलमा वर्षा बाधक

  • by

पोखराको पोखरा विश्वविद्यालयमा जारी डब्लुपियूसीएल-३को फाइनलमा वर्षा बाधक बनेको छ। पियू राहिनोस र द ट्रेलब्लेजर बिच जारी फाइनल खेलको पहिलो पारीको ६औ ओभरमा मौसम प्रतिकुल हुदा खेल भोली रिजर्व डेमा सरेको छ।

टि-१० खेलमा द ट्रेलब्लेजरले टस जितेर पियू राहिनोसलाई ब्याटिङको निम्तो दिएको थियो। पियू राहिनोसले ६.४ ओभरमा ३ विकेट गुमाउदै ६१ रन जोडेको छ। पियू राहिनोसको ओपनर ब्यटर भविशा तिलिजापुनलाई सुन्य रनमै अन्जु तिवारीले विकेट लिइन्। भविशा ४ बल खेल्दै अन्जु तिवारीको बलमा कट एण बोल्ड भएकी थिइन्। अर्को ओपनर ब्यटर तथा कप्तान श्रद्धा बन्जारा ९ बलमा ८ रन जोड्दै प्रतिमा लामिछानेको बलमा बोल्ड भएकी थिइन्।इन्दिरा तिवारीले २२बलमा ५ चौका र २ छक्काको मद्दतले ३६ रनमा नट-आउट खेलिरहेकी छिन्। वर्षा बाधक बन्नु भन्दा अगाडी स्नेहा आचार्य ७ बलमा १ रन जोड्दै आउट भएकी थिइन्।

द ट्रेलब्लेजरका अन्जु तिवारीले २ ओभरमा १२ रन खर्चिएर १ विकेट लिएकी छिन्। प्रतिमा लामिछानेले १ ओभरमा १३ रन खर्चिएर १ विकेट लिएकी छिन्। साथै बिजेता भुजेलले १.४ ओभरमा १४ रन खर्चिएर १ विकेट लिएकी छिन्।

खेल भोलि बिहान ६ बजेबाट सुरु हुनेछ। खेल पुन पहिलो पारीको ६.४ ओभरबाटै हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *