कार्तिक,०८,धनगढी –
राष्ट्रिय खेलकुद परिषदको वार्षिक कार्यक्रमअनुसार नेपाल क्रीकेट संघको आयोजनामा यहि कार्तिक १२ गतेदेखि काठमाडौमा हुनलागेको प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रीकेट प्रतियोगिताका लागि सुदुरपश्चिम प्रादेशिक क्रीकेट संघले यहि असोज ३१ गतेदेखि कार्तिक ६ गतेसम्म कैलाली र कञ्चनपुरमा आयोजना गरेको प्रादेशिक एकदिवसीय छनोट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरुमध्येबाट राजु रिजालको कप्तानीमा ४ वैकल्पिक खेलाडीसहित १८ जनाको नामावली सार्वजनिक गरिएको सुदुरपश्चिम प्रादेशिक क्रीकेट संघका छनोट समिती सदस्य कमलराज जोशी ज्यूले बताउनुभयो।टोलिमा समावेश खेलाडीहरुको नामावली तपशिल बमोजिम उल्लेख गरिएको छ।
राजु रिजाल(कप्तान,विकेटकिपर),वसन्त खत्री(उप-कप्तान),नारायण जोशी,शेर मल्ल,वसन्त कार्की,हेमन्त धामी,मिलन बोहरा,दिपक टमटा,गजेन्द्र बोहरा,विरेन्द्र नाथ,नरेन साउँद,कैलाश ऐर,टेक रावत र गजेन्द्र भण्डारी रहेको टोलिमा वैकल्पिक खेलाडीहरुमा खडकबहादुर बोहरा,विरेन्द्र वम,कृष्ण भट्ट र स्मिथ बुढा रहेका छन।
प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रीकेट प्रतियोगिताको समूह ए मा रहेको सुदुरपश्चिम प्रदेशसहित नेपाल एपीएफ क्लव,त्रिभुवन आर्मी क्लव,कर्णाली प्रदेश र गण्डकी प्रदेश रहेका छन्।त्यसैगरी,सुदुरपश्चिम प्रदेशले आफ्नो पहिलो खेल त्रिभुवन विश्वविद्यालयको क्रीकेट मैदानमा कार्तिक १४ गते गण्डकी प्रदेशसङ्ग खेल्दै राष्ट्रिय प्रतियोगितामा सुखद सुरुवात गर्ने दाउमा रहेको प्रादेशिक क्रीकेट संघका सचिव तेजप्रकाश भट्टले बताउनुभयो।त्यसैगरी,मुलपानी मैदानमा कार्तिक १५ गते नेपाल एपीएफ क्लव,त्रिभुवन विश्वविद्यालय क्रीकेट मैदानमा कार्तिक १८ गते त्रिभुवन आर्मी क्लव र मुलपानी मैदानमा कार्तिक २१ गते छिमेकी प्रदेश कर्णाली प्रदेश विरुद्ध खेल्दै प्रतियोगितामा आफ्ना सम्पुर्ण खेल सुखद रुपमा अन्त्य गर्ने दाउमा रहेको प्रादेशिक क्रीकेट संघका प्रशिक्षक खेम भट्ट बताउछन।