Skip to content
Home » प्रधानमन्त्री कप प्रादेशिक क्रीकेट: शेर मल्लको उत्कृष्ट ह्याट्रीकमा कैलाली फाइनल प्रवेश

प्रधानमन्त्री कप प्रादेशिक क्रीकेट: शेर मल्लको उत्कृष्ट ह्याट्रीकमा कैलाली फाइनल प्रवेश

  • by

कार्तिक,०५,२०७९
सुदुरपश्चिम प्रादेशिक क्रीकेट संघको आयोजनामा यहि असोज ३१ गतेदेखि कैलाली र कञ्चनपुरमा सुरु भएको प्रधानमन्त्री कप प्रादेशिक क्रीकेट छनोट प्रतियोगिताअन्तर्गत कैलाली जिल्लाको फाप्ला क्रीकेट मैदानमा आज छैटौं दिन भएको खेलमा शेर मल्लले उत्कृष्ट ह्याट्रीक लिदा डडेल्धुरा जिल्ला ६ विकेटले पराजित हुनपुग्यो।

आज बिहान फाप्ला क्रीकेट मैदानमा भएको कैलाली र डडेल्धुरा बीचको खेलमा डडेल्धुरा जिल्लाले टस जित्दै पहिला ब्याटिङ गर्ने निर्णय लिन पुग्यो।फलस्वरूप, डडेल्धुराले निर्धारित ४० ओभरको खेलमा २४.४ ओभर खेल्दै सम्पुर्ण विकेटको क्षती मात्र ८२ रन जोड्न सक्यो।

ब्याटिङतर्फ डडेल्धुराका लागि दिलबहादुर बोहराले २८ बलमा सर्वाधिक २० रन बनाउदा विशाल ऐर १७ बलमा १७ रन तथा सचिन मल्लले १३ बलमा १० रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो स्कोर छुन नसक्दा टोलि सस्तैमा समेटिन पुगेको डडेल्धुराका कप्तान निर्मल रोक्काले बताउनुभयो।बलिङतर्फ कैलालीका लागि शेर मल्ल ७.४ ओभरमा १ मेडेनसहित २३ रन खर्चंदै ह्याट्रीकसहित सर्वाधिक ५ विकेट लिन सफल हुँदा कप्तान नारायण जोशी ६ ओभरमा २३ रन तथा नरेन साउँदले ५ ओभरमा १ मेडेनसहित ९ रन खर्चंदै समान २/२ विकेट लिन सफल भएका हुन।

८३ रनको झिनो विजयी लक्ष्य पछ्याउँदै मैदान उत्रेको कैलालीले निर्धारित ४० ओभरको खेलमा १५.५ ओभर खेल्दै ६ विकेटको क्षती ८५ रन बनाउदै रोमाञ्चक ४ विकेटको जित आफ्नो नाममा दर्ता गराउन सफल हुँदै प्रादेशिक क्रीकेटको फाइनलमा पनि प्रवेश गर्न सफल भएको छ।ब्याटिङतर्फबाट कैलालीका लागि रितिक थापाले ३६ बलमा अविजित ३० रन बनाउदा वसन्त कार्की २८ बलमा २७ रन तथा टेक रावतले ९ बलमा १० रन बनाउन सफल भए।बलिङतर्फ डडेल्धुराका लागि सचिन मल्ल २.५ ओभरमा १ मेडेनसहित १५ रन खर्चंदा कृष्ण बिष्टले पनि २ ओभरमा १ मेडेनसहित ८ रन खर्चंदै समान २/२ विकेट लिन सफल भएपनि आफ्नो टोलिलाइ जित भने दिलाउन सकेनन्।

प्रधानमन्त्री कप प्रादेशिक क्रीकेट छनोट प्रतियोगिताको छैटौं दिनको खेलमा कैलाली जिल्ला ४ विकेटले विजयी हुँदै फाइनल प्रवेश गर्न पनि सफल भएको छ।खेलको म्यान अफ दी म्याच कैलालीका शेर मल्ल घोषित हुन सफल भए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *