क्यानडाको राष्ट्रीय क्रिकेट टीमलाइ एन आर एन ए क्यानडा सहित एघार नेपाली समाजले नेपाली ढाका टोपी लगाएर बिधाई गरेको छ । क्यानले २०२४ को वार्षिक क्यालेन्डर अनुसार नेपालले फेब्रुअरीको पहिलो साता क्यानडासँगको एकदिवसीय सिरिज खेल्ने तालिका अनुसार क्यानडा राष्ट्रीय क्रिकेट टीम नेपाल भ्रमणमा आउने क्रममा यो कार्यक्रम आयोजना गरीएको जानकारी गैरआबसिय नेपाली संघ (एन आर एन ए )क्यानडाका उपाध्यक्ष किरोज श्रेष्ठले जानकारी गराए।
एन आर एन ए क्यानडा सहित नेपलिज कमिनीटि नेटवर्क अफ क्यानडा,लालीगुरास स्पोर्टस क्लब,नेपलिज पिपल्स एन्ड कोर्डिनेशन कमिटि,नेपाल हाउस,क्यानडा नेपाल फ्रेन्डसीप एन्ड कलचरल सोसाइटि ,टोरन्टो नेपलिज स्पोर्टस क्लब,फेडेरेसन अफ क्यानडा नेपाल च्यामबर अफ कमर्स, चितवन सोसाइटि क्यानडा,नेपलिज क्यानडियन हेरिटेज सेन्टर,क्यानडियन नेवारी गुट्ठीहरु एघार नेपाली समाजहरुको आयोजनामा कार्यक्रम आयोजना भएको थियो ।
” नेपाल भ्रमणमा जान लागेको क्यानडा राष्ट्रिय क्रिकेट टिमलाई शुभ यात्रा ब्यक्त गर्दै नेपाल भ्रमणमा क्रिकेट मात्र नभइ नेपाली संस्कृति ,प्राकृतिक रमणीय ठाउहरुलाइ पनि आत्मसात गर्दै यात्रा सुखमय रहनेछ भन्ने आशा राखेका छौ” एनआरएनए क्यानडाका सचिव बिनोद कोइरालाले भने ।
कार्यक्रममा कार्य्रक्रमका सभापति किरोज श्रेष्ठ, प्रमुख अतिथि क्रीकेट क्यानडा अध्यक्ष राजपाल बजुवा , विशेष अतिथि नेपाल क्यानडा संसद मैत्री समूहका अध्यक्ष सोनिया सिद्दू,संसद सदस्य महेन्द्र सिद्दू , नेपाली राजदूतावासका कार्यबाहक राजदुत रोजीना ताम्राक़ार,क्रिकेट क्यानडाका महासचिब फराह खान ,क्रिकेट क्यानडाका निर्देशक सलमान खान त्यसैगरी अतिथिहरुमा लालीगुरास स्पोर्टस क्लबाट भूमि घिमिरे,नेपलिज पिपल्स एन्ड कोर्डिनेशन कमिटिबाट मुक्ति पौडेल,नेसनल ब्लड डोनर एसोसिएसनबाट लीलानाथ पांडे ,नमस्ते रेडियोका सीईओ अनिल थापा साथसाथै नेपाली समाजका प्रतिनिधिहरु ,पत्रकारहरुको उपस्थिति रहेको थियो । स्पेरेन्जा व्यान्कवेट हल ब्राम्पटनमा भएको कार्यक्रमको संचालन एन आर एन ए क्यानडाका युवा संयोजक प्रतिक भंडारीले गरेका थिए भने स्वागत मन्तब्य एन आर एन ए क्यानडाका महासचिव चंदा अधिकारीले गरेका थिय।