जारी धादिङ क्रिकेट लिगमा नीलकण्ठ नगरपालिकाले गल्छी गाउँपालिकालाई ३ विकेटले हराउदै समुह बीबाट सेमीफाइनलमा प्रवेश गरेको छ।
चन्द्रोदय खेल मैदानमा टस जितेर नीलकण्ठ नगरपालिकाले गल्छी गाउँपालिकालाई ब्याटिङको निम्तो दिएको थियो। गल्छी गाउँपालिकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ९१ रन बनायो। गल्छी गाउँपालिकाका सुजन अधिकारीले ३० ,रामहरी सापकोटाले १५ , आमन श्रेष्ठले १८ रन बनाए। अन्य ब्यटरको प्रदर्शन भने सम्झन लायक रहेन।
नीलकण्ठ नगरपालिकाका राजिब श्रेष्ठले ४ ओभरमा १ मेडन रख्दै मात्र ९ रन खर्चिएर ४ विकेट लिए। सन्तोष घिमिरे र अनिश अधिकारीले एक विकेट लिए।
९२ रनको लक्ष्य लिएर मैदान आएको नीलकण्ठ नगरपालिकाले १९.४ ओभरमा ४ विकेट गुमाउदै जित दर्ता गर्यो। अन्तिम १८ बलमा जितको लागि ६ रन आवश्यक रहदा १८औ र १९ औ ओभरमा १-१ रन बटुले पछि खेल रोचक अवस्तमा पुगेको थियो। अन्तिम ओभरमा ४ रन आवश्यक रहदा बिक्रम खड्काले लगातार ३ बल डट फाले पछि गल्छी नाटकीय जित तर्फा अग्रसर भएको थियो। १९.४ बलमा नीलकण्ठको सन्तोष घिमिरेले मिडअनको फिल्डडर बिट गर्दै चौका गएपछि नीलकण्ठले सेमी- फाइनलमा स्थान पक्का गरेको हो। नीलकण्ठको निशान गुरुङले १४ , दिपक सुबेदीले १६ र अनिल अधिकारीले ११ रन बनाए।

गल्छीका रामहरि सापकोटाले ४ ओभरमा १३ रन खर्चिएर ३ विकेट लिए। प्रविन खतिवडाले २ विकेट लिए। खेलको म्यान अफ द म्याच नगरपालिकाका राजिब श्रेष्ठ भए।
समुह एबाट सेमी फाइनलका लागि त्रिपुरासुन्दरी गाउँपालिका र धुनीबेसी नगरपालिका प्रवेश गरेका छन् भने समुह बीबाट नीलकण्ठ र बेनीघाट रोराङ गाउँपालिका प्रवेश गरेका छन्।