Skip to content
Home » नवौं बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कैलाली जिल्लाले खुल्ला गर्‍यो खेलाडी आवेदन फाराम

नवौं बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कैलाली जिल्लाले खुल्ला गर्‍यो खेलाडी आवेदन फाराम

  • by

श्रावण,२१,धनगढी।


राष्ट्रिय खेलकुद परिषदको आयोजनामा मिति २०७९ असोज २८ गतेदेखि कार्तिक ३ गतेसम्म गण्डकी प्रदेशको पोखरामा सञ्चालन हुन गइरहेको नवौं वृहत राष्ट्रिय खेलकुद प्रतियोगिता तयारीका लागि जिल्ला छनोट तथा प्रदेशस्तरीय प्रतियोगितामा सहभागिताका लागि कैलाली जिल्ला खेलकुद विकास समितिको आयोजनामा सञ्चालन हुने तपसिल बमोजिमका खेलहरुका महिला/पुरुष खेलाडीहरुले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन निर्देशिका २०७९ को अनुसुची १ बमोजिमको खेलाडी दर्ता फाराम भरी यस कार्यालयमा मिति २०७९ भाद्र १३ गतेसम्म बुझाइ अनिवार्य रूपमा दर्ता गराउनुहुन सम्वन्धित सबै खेलाडीहरुको जानकारीका लागि यो सूचना जारी गरिएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष ललित खत्री ज्यूले बताउनुभयो।अध्यक्ष ललित खत्रीका अनुसार खेलाडी दर्ता फाराम नभरेका कुनैपनि खेलका खेलाडीलाई जिल्ला छनोटमा सहभागी गराइनेछैन।आवश्यक जिल्ला छनोट प्रतियोगिताको सूचनापछि प्रकाशन गरिने व्यहोरा समेत अध्यक्ष खत्रीले बताउनुभयो।


कैलाली जिल्ला खेलकुद विकास समितिले तपसिल बमोजिमका खेलका खेलाडीहरुका लागि हिजो २०७९ श्रावण २० गते नै खेलाडी दर्ताको लागि सूचना प्रकाशन गरिसकेको छ र सोही सूचनालाई मध्यनजर गर्दै स्वयं खेलाडी जिल्ला खेलकुद विकास समिति कैलालीको कार्यालयमा गइ फाराम भर्नुपर्नेछ।


तपसिल खेल:
१. फुटबल २. भलिबल ३. एथलेटिक्स ४. तेक्वान्दो ५. वक्सिङ्ग ६. टेवलटेनिस ७. कराँते ८. उसु ९. फुल कन्ट्याक्ट १०. आइ.टि.एफ.तेक्वान्दो ११. कबड्डी १२. ब्याडमिन्टन १३. ह्यान्डबल १४. क्रीकेट १५. खो खो १६. बुद्धिचाल १७. भारत्तोलन १८. कुश्ती १९. हक्की २०. सुटिङ्ग २१. जुडो २२. जिन्म्यास्टिक २३. सेपाताका २४. शारीरिक सुगठन २५. बास्केटबल २६. रग्वी २७. ट्र्याथोलन २८. प्याराग्लाइडिङ्ग २९. गल्फ ३०. पौडी ३१. फेन्सिङ्ग ३२. आर्चरी ३३. साइक्लिङ्ग ३४. सफ्टटेनिस ३५. लङ्गटेनिस र ३६. स्क्वास रहेका छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *