Skip to content
Home » नरेश नेपाल विरुद्ध खेल्दै

नरेश नेपाल विरुद्ध खेल्दै

  • by

नेपालको राष्ट्रिय टिमबाट क्रिकेट खेलेका नरेश बुढाएर नेपाली राष्ट्रिय टोलीविरुद्ध कप्तानको भूमिकामाखेल्ने भएका छन्। क्यानाडा भ्रमणमा आउन लागेको नेपाली राष्ट्रिय टोलीविरुद्ध उनी टिम अन्टारियोका तर्फबाट खेल्न लागेका हुन्। ‘यो लाइफटाइम अपरच्युनिटी हो’ उनले भने, ‘उत्साहित छु साथै राम्रो खेल खेल्ने प्रयास गर्ने छु।’ २००९ देखि २०१७ सम्म उनी नेपाली राष्ट्रिय टोलीमा ब्याट्सम्यान थिए।

नेपालका लागि उनले थुप्रै र राष्ट्रिय अन्तर्राष्ट्रिय खेल खेलेका छन्। २०१७ मा क्यानाडा आएपछि उनले यहाँका विभिन्न स्थानीय प्रतियोगिताहरुमा खेलिसकेका छन्। उनी स्कारबोरो, टोरोन्टोमा रहेको ब्लुमफिल्ड क्रिकेट एकाडेमीमा प्रशिक्षण पनि दिन्छन्। टोलीले क्यानाडाको राष्ट्रिय टिमसँग दुई र टिम अन्टारियोसँग एक खेल खेल्ने तय भएको किरोज श्रेष्ठले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *