जारी धादिङ क्रिकेट लिगमा धुनीबेसी नगरपालिका सेमी-फाइनलमा पुग्ने पहिलो टोली बनेको छ। हिजो खनियाबास गाउँपाकिला माथि १२९ रनको फरालिको जित निकाल्दै सेमी फाइनलमा स्थान पक्का गरेको छ। हिजोको खेलमा खनियाबास गाउँपाकिलाले टस जितेर धुनीबेसीलाई ब्याटिङको निम्तो दियो। धुनीबेसीले निर्धारित २० ओभरमा ४ विकेट गुमाउदै २२४ रन जोडेको थियो। धुनीबेसीका कौशल रुपाखेतीले ३३ बलमा ५६ रन प्रहर गरे। उनले ५ चौका र ५ छक्का प्रहार गरेका थिए। अर्को ओपनर सुनिल बानियाले ५८ बलमा ४ चौका र ५ छक्काको मद्दतमा ७० रन प्रहार गरे। जारी प्रतियोगितामा सुनिल बानिया सर्बाधिक रनकर्ताको सुचीमा प्रथम स्थानमा छन।
२२४ रनको लक्ष्य लिएर मैदान आएको खनियाबास ९४ रनमा सबै विकेट गुमाउदै समेटियो। खनियाबासका प्रवेशले ३३ बलमा २४ रन जोडे। धुनीबेसीकाका सुनिल बानिया र सुदिप पाठकले सम्मान ३-३ विकेट लिए। खेलको म्यान अफ द म्याच सुनिल बानिया भए।