Skip to content
Home » धादिङ क्रिकेट लिगको पहिलो दिन २ खेल हुदै

धादिङ क्रिकेट लिगको पहिलो दिन २ खेल हुदै

  • by

धादिङ जिल्ला क्रिकेट संघको आयोजनामा यहि कार्तिक १ गते देखि ७ गते सम्म हुन लागेको धादिङ जिल्ला क्रिकेट लिगको आज उद्घाटन दिन २ खेल हुने भएको छ।

धादिङका आठ वटा पालिकाको सहभागिता रहेको यस प्रतियोगितामा ८ पालिकालाई २ समूहमा बिभाजन गरिएको छ। समूह एमा खनियाबास गाउँपालिका, त्रिपुरासुन्दरी गाउँपालिका,धुनीबेसी नगरपालिका र गजुरी गाउँपालिका रहेका छन्। साथै समुह बीमा सिद्धलेक गाउँपालिका,बेनीघाट रोराङ गाउँपालिका,गल्छी गाउँपालिका र नीलकण्ठ नगरपालिका रहेका छन्। समूहको दुइ टोली सेमी फाइनलका लागि छनोट हुनेछन।

आज पहिलो दिन समूह एका गजुरी गाउँपालिका र खनियाबास गाउँपाकिला बिच ११ बजे बाट खेल हुने छ। साथै आजको दोस्रो खेलमा पनि समूह एका धुनीबेसी नगरपालिका र त्रिपुरासुन्दरी गाउँपालिका २ बजे खेल्ने छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *