Skip to content
Home » धादिङ क्रिकेट लिगको उपाधि त्रिपुरासुन्दरीलाई

धादिङ क्रिकेट लिगको उपाधि त्रिपुरासुन्दरीलाई

  • by

धादिङ- त्रिपुरासुन्दरी गाउँपालिकाकाले धादिङ क्रिकेट लिगको उपाधि जितेको छ । सोमबार भएको फाइनल खेलमा त्रिपुरासुन्दरीले धुनीबेसी नगरपालिकालाई ४ विकेटले हराउदै उपाधि जितेको छ । यो संगै च्याम्पियन त्रिपुरासुन्दरीले १ लाख ३० हजार र उपविजेता धुनीबेसीले ५७ हजार रुपैयाँ प्राप्त गरेका छन् ।

बिशालटारको चन्द्रोदय खेल मैदानमा भएको फाइनल खेलमा टस जितेर ब्याटिङ रोजेको धुनीबेसी नगरपालिकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ११२ रन जोडेको थियो। धुनीबेसीले सुरुवात बाट नै विकेट गुमाउदै गएता पनि ओपनर कौशल रुपाखेतीले क्रिसमा समालेर ब्याटिङ गरे। उनले ५९ रन ७ चौका र ५ छक्काको सहित सर्वाधिक ७६ रनको योगदान दिए । संस्कार पाठकले १२ रन बनाए। अन्य ब्यटरको प्रदर्शन सम्झन लायक रहेन।

त्रिपुरासुन्दरी गाउँपालिकाका तिब्रगतिका बलर बिशाल थपलियाले ४ ओभरमा १५ रन खर्चिएर २ विकेट लिए। बुबा र छोराको जोडीले ३ विकेट लिए। बुबा उदय थापाले २ विकेट लिए। छोरा अमृत थापाले १ विकेट लिए।

११३ चुनौतीपूर्ण लक्ष्य पछ्याएको त्रिपुरासुन्दरी गाउँपालिकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ११६ रन बनायो। १० ओभरमा २ विकेट गुमाउदै त्रिपुरासुन्दरीले ५० रन बनाएको थियो। १०औ ओभरको दोस्रो र तेस्रो बलमा धुनीबेसीका समिर तिमल्सिनाले उदय थापा र सहिल भण्डारीलाई बोल्ड गर्दै धुनीबेसीलाई खेलमा फर्काएका थिए। ३० बलमा ३० रन आवश्यक रहदा त्रिपुरासुन्दरीले ५औ विकेटको रुपमा सौरब थपलियाले ९ रन बनाएर आउट भए। १४ बलमा १४ रन आवश्यक रहदा त्रिपुरासुन्दरी ६औ विकेटको रुपमा राम बहादुर रानाको विकेट गएको थियो। अन्तिम ६ बलमा ५ रन आवश्यक रहदा २०औ ओभरको पहिलो बलमा कप्तान अमृत थापाले कौशललाई चौका प्रहार गरेका थिए। दोस्रो बलमा बाईको रुपमा चौका हुदा त्रिपुरासुन्दरीले उपाधी जितेको थियो। कप्तान अमृत थापाले ५८ बलमा ७ चौका र ६ छक्काको मद्दतमा ७६ रन प्रहार गरे।

धुनीबेसीका सुनिल बानियाले ४ ओभरमा २५ रन खर्चिएर २ विकेट लिए। समिर तिमल्सिनाले पनि २ विकेट लिए। खेलको म्यान अफ द म्याच अमृत थापा भए। प्रतियोगिता सर्वोत्कृष्ट खेलाडी अमृत थापा भए। त्रिपुरासुन्दरीलाई उपाधी दिलाउने अमृत थापाले ९७ बलमा १३५ रन बनाउदै १२ विकेट लिए। प्रतियोगिताका उत्कृष्ट बलर अमृत थापा भए उत्कृष्ट ब्यटर कौशल रुपाखेती भए। कौशलले प्रतियोगितामा १६८ बलमा २३९ रन बनाए।

Tags:

Leave a Reply

Your email address will not be published. Required fields are marked *