Skip to content
Home » धादिङ क्रिकेट लिगको उत्कृष्ट प्लेइङ-एघार

धादिङ क्रिकेट लिगको उत्कृष्ट प्लेइङ-एघार

  • by

सचिन ढकाल-त्रिपुरासुन्दरी गाउँपालिकाकाले धादिङ क्रिकेट लिगको उपाधि जितेको छ । सोमबार भएको फाइनल खेलमा त्रिपुरासुन्दरीले धुनीबेसी नगरपालिकालाई ४ विकेटले हराउदै उपाधि जितेको हो। ८ पालिकाको सहभागिता गरेको प्रतियोगितामा १६ बर्षिया युवा देखि ५५ बर्षिया अनुभवी खेलाडीले आफ्नो कौसलता देखाए। कार्तिक १ गते देखि ७ गते सम्म चलेको प्रतियोगिताको आधारमा ढिडो क्रिकेटको विश्लेषणमा तयार पारेको प्लेइङ-११ यस प्रकारको छ :

१.अमृत थापा ( कप्तान ) :

त्रिपुरासुन्दरीलाई उपाधी जिताउने अमृत थापाले महत्त्वपूर्ण भूमिका खेले। अमृतले त्रिपुरासुन्दरीका लागि कप्तानी , ओपनरको भूमिका साथै स्पिन बलिङ गरे। अमृतले फाइनल खेलमा धुनीबेसी बिरुद ५८ बलमा ७ चौका र ६ छक्काको मद्दतमा ७६ रन प्रहार गरे। उनले प्रतियोगितामा ९७ बलमा १३८ रन बनाए। साथै १६ ओभरमा २ मेडन राखेर ८० रन खर्चिएर १२ विकेट लिए। प्रतियोगिताको उत्कृष्ट बलर र सिरिज भएका अमृतले टोलीको कप्तानी गर्ने छन्।

२. कौशल रुपाखेती :

धुनीबेसी नगरपालिकालाई फाइनलको यात्रामा पुराउन देब्रे हाते ब्यटर कौशलले महत्त्वपूर्ण भूमिका खेले। प्रतियोगिताको उत्कृष्ट ब्यटर बनेका कौशलले प्रतियोगितामा १६८ खेल्दै १८ चौका र २१ छक्काको मद्दतमा २३९ रन बनाए। उनले प्रतियोगितामा दुइ अर्धसतक बनाए। उनले खनियाबास बिरुद ५६ र फाइनलमा त्रिपुरासुन्दरी बिरुद ७६ बनाएका थिए। तिब्रगतिको बलिङ गर्ने उनले १९ ओभरमा ११९ रन खर्चिएर ४ विकेट लिए। पावरप्लेको फाइदा उठाउदै आक्रामक ब्याटिङ गर्ने उनले अमृतलाई ओपनर भएर साथ दिने छन्। साथै टोलीको लागि डेथ ओभरमा बलिङको विकल्पको रुपमा हुन्छन।

३. सुनिल बानिया :

धुनीबेसी नगरपालिका सुनिल बानियाले प्रतियोगितामा ११९ बल खेल्दै ११३ रन बनाए। साथै स्पिन बलिङ गर्दै २० ओभरमा २ मेडन राख्दै १०० रन खर्चिएर ११ विकेट लिए। सुनिलले ब्याट र बल दुवै बाट टोलीका लागि योगदान दिन सक्छन। उनी रनकर्ताको सुचीमा तेस्रो र विकेटकर्ताको सुचीमा दोस्रो स्थानमा थिए।खेलको अवस्था अनुसार ब्याटिङ गर्ने उनले मिडल ओभरमा बलिङबाट महत्त्वपूर्ण भूमिका खल्ने सक्छन।

४. सचिन श्रेष्ठ ( विकेटकिपर ) :

सचिन सम्भाव्यता भएका विकेटकिपर ब्यटर हुन्। सिद्धलेक गाउँपालिका बाट खेलेका उनले बेनीघाट रोराङ गाउँपालिका बिरुद २६ रन बनाएका थिए। आफ्नो कौसलतामा विश्वास रक्ने सचिन ब्याट र विकेटकिपिङ बाट टोलीका लागि मुख्य भुमिका खेल्ने सक्छन।

५. सन्तोष घिमिरे :

नीलकण्ठ नगरपालिकालाई सेमी-फाइनल सम्म पुराउन सन्तोषले महत्त्वपूर्ण भूमिका खेले। मिडलअडरमा ब्याटिङ गर्ने उनीले रनरेट आवश्यकता अनुसार ब्याटिङको गति बढाउन सक्छन। उनले प्रतियोगितामा ९० बल खेल्दै ७ चौका र ९ छक्काको मद्दतले १०४ रन बनाएका थिए। उनले धुनीबेसी बिरुद सेमीफाइनलमा ४६ बलमा ४ चौका र ५ छक्काको मद्दतमा ६० रन प्रहार गरेका थिए।

६. उज्वल थापा :

आक्रमक ब्याटिङ गर्ने उज्वल थापा टिमका लागि डेथ ओभरमा रन बटुल्ने सक्छन। मात्र २ खेल खेलेका उज्वलले त्रिपुरासुन्दरी बिरुद ४२बलमा ४९ रन बनाए। धुनीबेसी बिरुद १०बलमा १९ रन बनाए।

७. सुदिप पाठक :
तिब्रगतिको बलिङ साथै आक्रमक ब्याटिङका लागि सुदिप पाठक सिद्ध हुनेछन। धुनीबेसीका सुदिपले प्रतियोगितामा ७२बलमा ७९ रन बनाएका छन्। उनले लिगमा त्रिपुरासुन्दरी बिरुद २८बलमा ३९ रन बनाएका थिए। खनियाबास गाउँपालिका बिरुद १२ बलमा २१ रनको आक्रामक पारी खेलेका थिए। सुदिपले प्रतियोगितामा २० ओभर बलिङ गर्दै १२१ रन खर्चिएर ४ विकेट लिएका छन्।

८. श्रीकृष्ण उपाध्याय:

त्रिपुरासुन्दरीलाई फाइनलमा पुराएका तिब्रगतिका बलर श्रीले टिमका लागि सुरुवाती र डेथ ओभरमा बलिङ गर्ने सक्छन। साथै तल्लो क्रममा ब्याटिङ बाट टिमका लागि योगदान पुराउने सक्छन। श्रीले १९ ओभरमा २ मेडन राखेर ९५ रन खर्चिएर ६ विकेट लिएका छन्।

९. उदय थापा :

प्रतियोगिताकै अनुभवी खेलाडी त्रिपुरासुन्दरीका ५५ बर्षिया उदय थापाले लेगस्पिनबाट जादु देखाउदै त्रिपुरासुन्दरीलाई लिगको विजेता गराएका छन्। उदयले प्रतियोगितामा १८ ओभरमा ८९ रन खर्चिएर ९ विकेट लिएका थिए।

१०. राजिब श्रेष्ठ :

नीलकण्ठका देब्रहाते तिब्रगतिका युवा बलर राजिबले श्री र कौशललाई साथ दिनेछन। राजिबले प्रतियोगतामा १६ ओभरमा ३ मेडन राख्दै ५६ रन खर्चिएर ८ विकेट लिएका थिए। नीलकण्ठकालाई जित्नै पर्ने दबाब रहेको खेलमा राजिबले ओभरमा १ मेडन रख्दै मात्र ९ रन खर्चिएर ४ विकेट लिदै नीलकण्ठकालाई सेमीफाइनलको यात्रा देखाएका थिए।

११. आशिष अचार्य :

बेनीघाट रोराङ गाउँपालिका आशिषले पनि राजिब , श्री र . कौशललाई साथ दिनेछन्। आशिषले प्रतियोगितामा १५ ओभरमा २ मेडन रख्दै ३७ रन खर्चिएर ६ विकेट लिएका छन्।

प्रतियोगतामा आफ्नो कौसलता देखाएका क्षमतावान ११ यस प्रकारका छन् :

आशिष मिया , विजय सिलवाल ( विकेटकिपर) , आरम्भ तिमल्सिना , रामहरि सापकोटा , श्याम त्रिपाठी ( कप्तान) , दिवश कडेल , रविन्द्र नेपाल , रुपेश भुजेल ,बिशाल थपलिया , अन्जल सिलवाल र सृजन पाण्डे रहेका छन्।

Tags:

Leave a Reply

Your email address will not be published. Required fields are marked *