Skip to content
Home » धादिङमा क्रिकेटको उत्सव फर्किदै

धादिङमा क्रिकेटको उत्सव फर्किदै

  • by

धादिङमा क्रिकेट मैदानको लागि भौगोलिक रुपमा साथ नभएता पनि धादिङबासीले भने सदाबर क्रिकेटलाई साथ दिएका छन्। धादिङबासीको क्रिकेट प्रतिको प्रेमको कारण धादिङले छोटो समयमा ठुलो छलांग मारेको छ। उदहारणको लागि हेर्ने हो भने आफ्नो पहिलो सभागिता प्रतियोगिताको रुपमा बागमती प्रदेश खेलकूद प्रतियोगिताको क्रिकेट अन्तर्गत उप-विजेता नै बन्न सफल भएको थियो।

क्रिकेटमा निकै सम्भावना बोकेको धादिङमा पुन: क्रिकेट उत्सव फर्किदै छ। क्रिकेट उत्सव फर्किदै गर्दै यस वर्षको धादिङ प्रिमियर लिग विशेष छ। यस वर्ष धादिङ जिल्ला भित्रको गाउँ/नगरपालिकाको सहभागिता रहेने छ। एउटा गाउँ/नगरपालिकाको टिममा सहभागी १४ जना खेलाडी मध्ये ११ जना धादिङ जिल्ला भित्रकै नागरिक हुदै गर्दा राष्ट्रिय प्रतियोगीता खेलेका १ जना र प्रदेशस्तरीय खेलखेलेका २ जना गरी ३ जना खेलाडी जिल्ला बाहिरको रहने छन्। राष्ट्रिय खेलाडीको सहभागिताले धादिङ प्रिमियर लिग निकै रोचक हुने अनुमान गरिएको छ।

पालिका स्तरीय धादिङ प्रिमियर लिग मंसिर २ गतेदेखि हुने धादिङ जिल्ला क्रिकेट संघले जनाएको छ। यस वर्षभन्दा अगाडी धादिङ जिल्ला क्रिकेट संघ धादिङ क्रिकेट लिग गर्दै आएको थियो। गत संस्करणको धादिङ क्रिकेट लिग त्रिपुरासुन्दरी गाउँपालिकाकाले जितेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *