लोकेश जोशी/०१ भाद्र २०७९
चटकपुर स्पोर्टस क्लव नेपालको आयोजना तथा एडुपल नेपाल र धनगढी उपमहानगरपालिका वडा नम्बर ३ कार्यालयको संयुक्त मुख्य प्रायोजनमा यहि भाद्र १५ गतेदेखि धनगढीको फाप्ला क्रीकेट मैदानमा हुने प्रथम चटकपुर स्पोर्टस क्लव नेपाल र लिटिल फ्लावर स्कुलको यू-१६ टोलिबीचको ५ मैत्रीपूर्ण टी-२० क्रीकेट सिरिज – २०७९ को खेलतालिका अबको केही दिनमा सार्वजनिक गरिने सिरिज निर्देशक धर्मराज जोशीले बताउनुभयो।सिरिज निर्देशक जोशीका अनुसार यू-१६ का खेलाडीहरुको खेल क्षमता,वृद्धि विकास,अनुशासन तथा नेतृत्वदायी भुमिकाको पनि उक्त सिरिजबाट विकास हुने रहेको छ।
![](https://nepali.dhindocricket.com/wp-content/uploads/2022/08/image-6.png)
सिरिज संयोजक तथा एडुपल नेपालका प्रवन्धक टेक पन्तका अनुसार सिरिज विजेता टोलिले आकर्षक ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्नुकासाथै उपविजेता टोलिले प्रमाणपत्र प्राप्त गर्नेछ।त्यसैगरी सिरिजको उत्कृष्ट खेलाडी,उत्कृष्ट ब्याट्सम्यान तथा उत्कृष्ट बलरले पनि आकर्षक ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्नेछन।सिरिज संयोजक पन्तका अनुसार सिरिजमा सहभागी हुने प्रत्येक टिमका खेलाडीले प्रतिखेलाडी २००(दुइसय) इन्ट्रीवाफत तिर्नुपर्नेछ।
![](https://nepali.dhindocricket.com/wp-content/uploads/2022/08/image-7.png)
यस चटकपुर स्पोर्टस क्लव नेपालको यू-१६ टोलिबाट खेल्न इच्छुक खेलाडीले यहि भाद्र १० गतेभित्र क्लव प्रतिनिधि धर्मराज जोशीसङ्ग सम्पर्क गरि आफ्नो नाम टिपाउनुहुनको लागि यो सूचना जारी गरिएको टिम प्रशिक्षक लोकेश जोशीले बताउनुभयो।प्रशिक्षक जोशीका अनुसार क्लवमा आवद्ध हुनबाँकी खेलाडीले नगद ५००(पाँच सय)सहित रजिस्ट्रेसन फर्म पनि अनिवार्य भरेको हुनुपर्नेछ।
I can play a cricket