१७,असार,धनगढी।
चटकपुर स्पोर्टस क्लव नेपालको आयोजना तथा एडुपल नेपालको मुख्य प्रायोजनमा यहि असार २० गतेदेखि धनगढीको फाप्ला क्रीकेट मैदानमा आयोजना हुनलागेको प्रथम एस इ इ कप अन्तर ईन्स्टिच्युट क्रीकेट प्रतियोगिताको खेलतालिका सार्वजनिक गरिएको छ।प्रतियोगितामा धनगढी भरिका जम्मा ६ ईन्स्टिच्युटको सहभागीता रहनेछ।जसमा सम्पुर्ण टोलिले एक आपसमा प्रतिस्पर्धा गर्नेछन र समुहको विजेता र उपविजेता टोलि प्रतियोगिताको फाइनलमा प्रतिस्पर्धा गर्ने प्रतियोगिता निर्देशक लोकेश जोशीले बताउनुभयो।
प्रतियोगिताको विजेताले नगद २५००० सहित ट्रफी र प्रमाणपत्र अनि उपविजेता टोलिले नगद १५००० सहित ट्रफी र प्रमाणपत्र हात पार्दा प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद ६५०० सहित ट्रफी प्रमाणपत्र प्राप्त गर्नेछन् जसको प्रायोजन धनगढीको सुदुरपश्चिमाञ्चल एकेडेमीले गरेको छ।त्यस्तै, उत्कृष्ट ब्याट्सम्यानले नगद ३५०० सहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन जसको प्रायोजन धनगढीकै crescent city स्कुलले गरेको छ र उत्कृष्ट बलरले नगद ३५०० सहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन जसको प्रायोजन स्टार प्रालिले गरेको छ।