Skip to content
Home » दोस्रो गैडाकोट मेयर कप माघमा हुदै

दोस्रो गैडाकोट मेयर कप माघमा हुदै

  • by

गैडाकोटमा दोस्रो गैडाकोट मेयर कप क्रिकेट प्रतियोगिता आयोजना हुनेभएको छ। नवजगरण खेलकुद मैदानमा माघ २६ देखि फागुन १ गते सम्म क्रिकेट प्रतियोगिता आयोजना हुनेभएको छ।

नकआउट चरणमा हुने प्रतियोगतामा ८ जिल्लाको क्रिकेट संघले प्रतियोगतामा खेल्ने छन्। प्रतियोगतामा गण्डकी प्रदेशबाट पर्बत , स्यांग्जा ,नवलपुर ,तनहु , बग्लुङ्ग , र कास्की रहेका छन् भने बाग्मती बाट चितवन र लुम्बिनी प्रदेश बाट नवलपरासी टोली रहेका छन्। प्रतियोगिताको उद्घाटन खेलमा नवलपुर र पर्बत खेल्ने छन्।

प्रतियोगताको सम्पूर्ण तयारी भएको नवजागरण ग्रामिण विकासका केन्द्र अध्यक्ष रामचन्द्र सापकोटाले जानकारी दिनुभएको छ। प्रतियोगिताको विजेताले रु दुइ लाख धनराशी हात पर्ने छ साथै उप बिजेताले १ लाख १० हजार धनराशी हात पर्ने छ।

प्रतियोगिताको लाइभ स्कोर ढिंडो क्रिकेटले गर्ने छ।

खेल तालिका :

Leave a Reply

Your email address will not be published. Required fields are marked *