Skip to content
Home » दिवशको सानदार बलिङमा तनहु सेमी- फाइनलमा

दिवशको सानदार बलिङमा तनहु सेमी- फाइनलमा

  • by

गैडाकोटमा जारी दोस्रो गैडाकोट मेयर कप-२०७९को दोस्रो तथा नकआउट खेलमा तनहुले बाग्लुङलाई ७ विकेटले हराउदै सेमी-फाइनलमा आफ्नो स्थान पक्का गरेको छ। मौसमको खराबीका कारण खेल १७ /१७ ओभरको भएको थियो।

टस जितेर नवजागरण खेल मैदानमा टस जितेर बाग्लुङले १७ ओभरमा सबै विकेट गुमाउदै ७४ रन जोडेको थियो। सुरुवात बाटै निरन्तर विकेट गुमाएको पर्बतका लागि सुनिल धमलाले २५ बलमा १७ रन जोड्नु बाहेक अन्य ब्यटरको प्रदर्शन सम्झन लायक रहेन। धमलालाई ६ औ ओभरको ५ बल निरन्तर डट खेलाउदै ६औ बलमा किपर समिरको हात बाट क्याच गराउदै दिवश आचार्यले विकेट लिएका थिए। त्सपछि खेलमा फर्किन सकस गरेको बाग्लुङलाई बिश्व कार्कीको १३ र मिराज थापाको ८ रनको योगदानमा ७४ रन जोडेको थियो।

तनहुका दिवश आचार्यले ४ ओभरमा १ मेडन राख्दै ९ रन खर्चिएर २ विकेट लिए। साथै सुबाश खत्रीले ३ ओभरमा ९ रन खर्चिएर २ विकेट लिए।

७५ रनको सामान्य लक्ष्य लिएर मैदानमा आएको तनहुले ९.५ ओभरमा ३ विकेट गुमाउदै जित दर्ता गर्यो। तनहुका समिर कडेलले २१बलमा २८ रन जोडे। दिपेश जंग बुडामगरले १३ बलमा १९ रन प्रहार गरे। दिपेश अधिकारीले ११ रन जोडे। बाग्लुङका बशिर अहमदले ४ ओभरमा २० रन खर्चिएर २ विकेट लिए। खेलको म्यान अफ द म्याच तनहुका दिवश आचार्य भए।

तनहुले सेमी-फाइनलमा नवलपुर संग खेल्ने छ। पहिलो तथा नकआउट खेलमा नवलपुरले पर्बतलाई ६ विकेटले हराउदै सेमी-फाइनलमा आफ्नो स्थान पक्का गरेको थियो।

प्रतियोगतामा गण्डकी प्रदेशबाट पर्बत , स्यांग्जा ,नवलपुर ,तनहु , बग्लुङ्ग , र कास्की रहेका छन् भने बाग्मती बाट चितवन र लुम्बिनी प्रदेश बाट नवलपरासी टोली रहेका छन्। प्रतियोगिताको उद्घाटन खेलमा नवलपुर र पर्बत खेल्दै छन्। प्रतियोगिताको विजेताले रु दुइ लाख धनराशी हात पर्ने छ साथै उप बिजेताले १ लाख १० हजार धनराशी हात पर्ने छ।

प्रतियोगिताको लाइभ स्कोर ढिंडो क्रिकेटले गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *