धादिङ क्रिकेट लिगको पहिलो खेलमा खनियाबास गाउँपाकिलाले गजुरी गाउँपालिकामाथि ६ विकेटको जित दर्ता गरेको छ। बिशालतारको खेलमा मैदानमा टस जितेर खनियाबास गाउँपाकिलाले गजुरी गाउँपालिकालाई ब्याटिङको निम्तो दिएको थियो।

गजुरी गाउँपालिकाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउदै १११ रन जोड्यो। गजुरीको मध्यक्रमका ब्यटर सबिन उपेत्रीले २७ बलमा २ चौकाको मद्दतले १९ रन प्रहार गरे। साथै सोनु घलेले ८ बलमा ३ चौका प्रहार गर्दै १४ रन जोडे। अन्य ब्यटरको प्रदर्शन भने सम्झना लायक रहेन।
खनियाबासको सरोज लम्सालले ४ ओभरमा १ मेडन राख्दै १५ रन खर्चिएर ४ विकेट लिए।सुदन तामाङले ३ ओभरमा १४ रन खर्चिएर ३ विकेट लिए। सरोजले गजुरीको टप-अडर र मिडल-अडर ब्यटरको विकेट लिदै गजुरीलाई खनियाबासले सस्तोमा रोकेको थियो।
११२ रनको सामान्य लक्ष्य लिएर मैदान आएको खनियाबासले १६.३ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य भेटायो। गजुरीका ओपनर खेम राज वोस्तीले ४२ बलमा ३ चौकाको मद्दतले २२ रन प्रहार गरे। साथै अमित गुरुङले २६ बलमा ४१ रनको आक्रम ब्याटिङ गरे। उनले ३ छक्का र ४ चौका प्रहार गरे।

गजुरीका सोनु घलेले ४ ओभरमा २९ रन खर्चिएर महत्त्वपूर्ण ३ विकेट लिए पनि जितको लागि प्राप्त भएन। खेलको म्यान अफ द म्याच सरोज लम्साल भए।