Skip to content
Home » डीसीएल : समूह ए रोचक बन्दै , सेमीफाइनल पुग्ने टोली आजको खेलले निर्धारण गर्ने

डीसीएल : समूह ए रोचक बन्दै , सेमीफाइनल पुग्ने टोली आजको खेलले निर्धारण गर्ने

  • by

जारी धादिङ जिल्ला क्रिकेट लिगमा समुह एबाट सेमी फाइनलका लागि त्रिपुरासुन्दरी गाउँपालिका र धुनीबेसी नगरपालिका प्रवेश गरेका छन। ३ खेलमा २ खेल जितेको धुनीबेसी समुह विजेत बन्दै सेमी फाइनलमा प्रवेश गरेको हो। त्रिपुरासुन्दरी गाउँपालिका पनि ३ खेलमा २ जित दर्ता गर्दै समुह एको उप-बिजेत बन्दै सेमी-फाइनलमा प्रवेश गरेको छ।

लिग चरणको आज अन्तिम खेल बाकी रहदा समुह बीबाट सेमी-फाइनलमा पुग्ने टोली भने निर्धारण भएको छन्। समुह बीका सिद्धलेक गाउँपालिका,बेनीघाट रोराङ गाउँपालिका,गल्छी गाउँपालिका र नीलकण्ठ नगरपालिका २ खेल खेल्दै १ जित निकालेका छन्। आज बेनीघाट रोराङ गाउँपालिका र सिद्धलेक गाउँपालिका बीच पहिलो खेल ९ बजे हुने छ। दोस्रो खेलमा नीलकण्ठ नगरपालिका र गल्छी गाउँपालिका खेल्ने छन्। आजको खेल जित्ने टोली समुह बीबाट सेमी-फाइनलमा प्रवेश गर्ने छ।

Tags:

Leave a Reply

Your email address will not be published. Required fields are marked *