धादिङ क्रिकेट लिगको तेस्रो खेलमा नीलकण्ठ नगरपालिकाले सिद्धलेक गाउँपालिका माथि २२ रनको जित दर्ता गरेको छ।
बिशालटारको खेल मैदानमा टस हारेर ब्याटिङको लागि आएको नीलकण्ठ नगरपालिका निर्धारित २० ओभरमा ४ विकेट गुमाउदै १५१ रन जोडेको थियो। नीलकण्ठले १३ ओभरमा ६३ रन जोड्दै ४ विकेट गुमाउदै सुजित श्रेष्ठ र सन्तोष घिमिरेले ५औ विकेटका लागि ४२ बलमा ८७ रनको साझेदारी गरे। सुजितले ४ चौका र २ छक्काको मद्दतमा २३ बलमा ३४ रन जोडे। सन्तोष घिमिरेले २१ बलमा ३५ रन प्रहार गरे। निशान गुरुङले २३ रन जोडे।
सिद्धलेकका दिवश कडेल , प्रदिप गिरी र साजन सिलवालले सम्मान एक विकेट लिए।
१५१ रनको मध्यम लक्ष्य लिएर मैदान आएको सिद्धलेकले निर्धारित १९.३ ओभरमा १० विकेट गुमाउदै १२९ रन मात्र जोड्यो। सिद्धलेकका ओपनर ब्यटर दिवश कडेलले १३ बलमा २४ रन जोडे। उनले ३ छक्का र १ चौका प्रहार गरे। सचिन श्रेष्ठले १६ रन जोडे।
नीलकण्ठका सन्तोष घिमिरेले ३.३ ओभरमा १५ रन खर्चिएर ३ विकेट लिए। अनिश अधिकारीले ३ ओभरमा २० रन खर्चिएर २ विकेट लिए। खेलको म्यान अफ द म्याच सन्तोष घिमिरे भए।