जारी धादिङ क्रिकेट लिगमा आज त्रिपुरासुन्दरी गाउँपालिका ,सिद्धलेक गाउँपालिका र बेनीघाट रोराङ गाउँपालिका विजयी भएका छन्।
पहिलो खेलमा त्रिपुरासुन्दरी गाउँपालिकाले गजुरी गाउँपालिकालाई २१ रनको फराकिलो जित दर्ता गर्यो। टस जितेर ब्याटिङ रोजेको त्रिपुरासुन्दरीले निर्धारित २० ओभरमा गुमाउदै १३६ रन जोड्यो। श्री उपध्यले ४७ बलमा ५९ रनको अर्धसतकीय पारी खेले। उनले पारीमा ६ चौका र ३ छक्का प्रहार गरे। अमृतले थापाले २४ र सौरब तिमल्सिनाले १३ रन जोडे। १३७ रनको लक्ष्य लिएर मैदान आएको गजुरीले २० ओभरमा ८ विकेट गुमाउदै मात्र ११५ रन जोड्यो। गजुरीका उज्वल थापाले ४२ बलमा ५ चौका र ३ छक्काको मद्दतमा ४९ रन जोडे। त्रिपुरासुन्दरीका अमृत थापाले ४ ओभरमा २ मेडनका साथ १६ रन खर्चिएर ४ विकेट लिए। राम रानाले २ र शाहील भण्डारीले १ विकेट लिए। खेलको म्यान अफ द म्याच अमृत थापा भए।

दोस्रो खेलमा सिद्धलेक गाउँपालिकाले गल्छी गाउँपालिकालाई ५ विकेटले हरायो। टस जितेर ब्याटिङ रोजेको गल्छीले २० ओभरमा ९ विकेट गुमाउदै ७३ रन जोड्यो। गल्छीका रामहरि सापकोटाले २१ र प्रियन्शु खड्काले १३ रन जोडे। सिद्धलेकका सबिन साहीले २ विकेट लिए। ७४ रनको सामान्य लक्ष्य सिद्धलेकले १७.४ ओभरमा ५ विकेट गुमाउदै भेट्यो। सिद्धलेका दिवश कडेलले २४ रन प्रहार गरे।
तेस्रो खेलमा बेनीघाट रोराङ गाउँपालिकाले नीलकण्ठ नगरपालिका माथि ७ रनको रोमान्चक जित दर्ता गर्यो। टस जितेर ब्याटिङ रोजेको बेनीघाटले निर्धारित २० ओभरमा ८९ रन जोड्यो। आशिष आचार्यले २२ , एरिक गुरुङले २२ र आशिष मियाले १२ रन जोडे। नीलकण्ठका सुजित श्रेष्ठले ४ ओभरमा १३ रन खर्चिएर ३ विकेट लिए। राजिब श्रेष्ठले २ विकेट लिए। ९० रनको सामान्य लक्ष्य पछाएको नीलकण्ठ ७ विकेट गुमाउदै ८२ रनमा समेटियो। नीलकण्ठका आगमन अधिकारीले २५ र रुपेश राउतले १८ रन जोडे। बेनीघाटका अमृत लम्सालले ४ ओभरमा १ मेडनका साथ १३ रन खर्चिएर ३ विकेट लिए।