Skip to content
Home » डब्लु पियुसिएललाई द नेपाली फिजियोको साथ

डब्लु पियुसिएललाई द नेपाली फिजियोको साथ

  • by

पोखरा विश्विद्यालय क्रिकेट क्लबले आयोजना गर्न लागेको वोमन पोखरा विश्वविद्यालय क्रिकेट लीग (डब्लु पियुसियल)को दोस्रो संस्करणको मेडिकल पार्टनरको रूपमा द नेपाली फिजियो जोडिएको छ। शुक्रबार प्रतियोगिता निर्देशक अभिषेक यादव र द नेपाली फीजियो का प्रबंधक निर्देशक डाक्टर सुनिल न्यौपाने बीच सम्झौतामा हस्ताक्षर भएको छ ।

प्रतियोगीताका निर्देशक अभिषेक यादवले यस प्रतियोगितामा द नेपाली फिजियो मेडिकल पार्टनरको रूपमा जोडिएर दिनुभएको सहयोगप्रति हार्दिक आभार प्रकट गरे । पोखरा विश्वविद्यालयको केन्द्रीय क्याम्पसका छात्राहरुलाई क्रिकेटप्रति प्रेरित गर्न र पढाइ सँगसँगै अतिरिक्त क्रियाकलापलाई अगाडि बढाउन र विश्वविद्यालयमा पनि क्रिकेटलाई उजागर गर्न यस प्रतियोगोता आयोजनाको मुख्य उद्देश्य रहेको प्रतियोगिता निर्देशक अभिषेक यादवले जानकारी दिए। प्रतियोगितामा आठ टिमको सहभागिता रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *