Skip to content
Home » डब्लुपिसीएल : सेमी-फाइनल खेल्ने टोलीहरु पक्का

डब्लुपिसीएल : सेमी-फाइनल खेल्ने टोलीहरु पक्का

  • by

पोखराको पोखरा विश्वविद्यालयमा जारी डब्लुपिसीएल-३ मा सेमी-फाइनल खेल्ने ४ टोली पक्का भएको छ। लिग चरणको रुपमा भएको खेलमा ७ टोलीबाट ४ टोली सेमी-फाइनलमा स्थान पक्का गराएका छन्। आज चौथो दिनको तेस्रो खेलमा मिथिलाञ्चल वारिवार्सले रोयल फोर्स माथि २९ रनको फराकिलो जित दर्ता गर्दै प्रतियोगितामा आफ्नो दोस्रो जित दर्ता गर्दै सेमी- फाइनलमा पुग्ने चौथो टोली बनेको छ।

लिग चरणको अन्तिम खेल बाकी रहदै सेमी-फाइनल खेल्ने टोली पक्का भएको छ। लिग चरणको खेलमा पियू राहिनोसले ४ खेलमा ४ जित दर्ता गर्दै लिग तालिकामा शिर्ष स्थानमा छ। गण्डकी स्ट्राइकर्स चार खेलमा तिन जितका साथ दोस्रो , द ट्रेलब्लेजर तिन खेलमा २ जितका साथ तेस्रो र मिथिलाञ्चल वारिवार्स चार खेलमा दुइ जितका चौथो स्थानमा छन्। पोखरा माभेरिक्स , पियू पल्टन र रोयल फोर्स प्रतियोगिताबाट बाहिर भैसकेका छन।

लिग चरणको अन्तिम खेलमा द ट्रेलब्लेजर र रोयल फोर्स बिच हुनेछ। यस खेलले लिग तालिकाको दोस्रो, तेस्रो र चौथो टोलीको टुंगो लाग्ने छ। द ट्रेलब्लेजरको जित तथा हारमा पनि लिग तालिकामा नेट रनरेटमा सेमी फाइनल खेल्ने दोस्रो, तेस्रो र चौथो टोली स्थान पक्का हुनेछ। लिग चरणको पहिलो टोली पियू राहिनोसले चौथो टोलीसंग सेमी-फाइनल खेल्नेछ। लिग चरणको दोस्रो टोलीले तेस्रो संग खेल्ने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *