Skip to content
Home » जेनिशको घातक बलिङमा टाँडी टाइटन्स विजयी

जेनिशको घातक बलिङमा टाँडी टाइटन्स विजयी

  • by

प्रथम इष्टर्न क्रिकेट एकेडेमी (इसीए) मेयर लिग टी–२० क्रिकेट प्रतियोगिताको पहिलो खेलमा टाँडी टाइटन्सले सौराहा स्याण्डर माथि ७ विकेटको जित दर्ता गरेको छ।

टस जितेर ब्याटिङ रोजेको सौराहाले निर्धारित २० ओभरमा सम्पूर्ण विकेट गुमाउदै १११ रन जोडेको थियो। सौराहाका मिडल अडर ब्याटर दिपन बानियाले ३९ बलमा ५४ रनको अर्धसतकीय पारी खेले पनि जितको लागि प्राप्त भएन। प्रतियोगिताको पहिलो अर्धसतक प्रहार गर्दा दिपनले ५ चौका र २ छक्का प्रहार गरे। साथै ससिर न्यौपानेले १९ रन र सौगात ढकालले १० रन जोडे।

janish

टाँडी टाइटन्सका जेनिश क्षेत्रीले ४ ओभरमा १५ रन खर्चिएर ३ विकेट लिए। साथै नरेश प्रधानले र संघर्ष पौडेलले सम्मान २ विकेट लिए।

११२ रनको सामान्य लक्ष्य लिएर मैदान आएको टाँडी टाइटन्सले १८ ओभरमा ३ विकेट गुमाउदै ११२ रन जोडेर लक्ष्य हासिल गर्यो। टाँडीको जितमा पाल्देन लामाले ४३ बलमा ४ चौका र १ छक्काको मद्दतले ३३ रन प्रहार गरे। साथै बिशाल फुयाँलले १३ बलमा ३ चौका र २ छक्काको मद्दतमा २८ रनको आजिबित पारी खेले। १८ बलमा १६ रन आवश्यक रहेको स्थितिमा बिशालले सौगात ढकालको ओभरमा १३ रन जोडेका थिए। १२ बलमा जितको लागि ३ रन आवश्यक रहेको स्थितिमा राज पाण्डेले ३ अतिरिक्त रन खर्चिदा टाँडीले ३ विकेटको जित दर्ता गरेको थियो।

सौराहा स्याण्डरका सौगात ढकालले ४ ओभरमा २४ रन खर्चिएर २ विकेट लिए भने राज पाण्डेले ३ ओभरमा २२ रन खर्चिएर १ विकेट लिए। खेलको म्यान अफ द म्याच टाँडी टाइटन्सका तिब्र गतिका बलर जेनिश क्षेत्री भए। प्रथम इष्टर्न क्रिकेट एकेडेमी (इसीए) मेयर लिगलाई रत्ननगर नगरपालिकाले संरक्षक गरेको छ। खेलको स्कोर अपडेट नेपाली क्रिकेट प्रेमीहरु माझ ढिंडो क्रिकेटले आफ्नो वेबसाइट र फेसबुक मार्फत दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *