Skip to content
Home » जागिर छोडेर अम्पायरिङमा लागेका धर्म

जागिर छोडेर अम्पायरिङमा लागेका धर्म

  • by

सचिन ढकाल -क्रिकेट खेलमा जति खेलाडी र क्रिकेट संघको मुख्य भूमिका हुन्छ , त्स अनुरुपको भूमिका अम्पायरको पनि हुन्छ। खेलाडीलाई अनुशासनको दायरामा लाउने र खेललाई व्यवस्थित ढंगमा खेलाउने जिम्मा अम्पायरको हुन्छ। नेपाली क्रिकेटको र बागमती प्रदेशको अम्पायरिङ फिल्डमा धर्म शाक्य एक लोकप्रिय नाम हो। बागमती प्रदेशको प्राय क्रिकेट खेल रवीन्द्र गुप्ता र धर्म शाक्यले नै खेलाउने गर्दा छन।

सन् २००४ बाट क्रिकेट अम्पायरिङ फिल्डमा लागेका धर्म शाक्यले सयौं क्रिकेट प्रतियोगिता गरेका छन। राष्ट्रिय यु -1९ क्रिकेट प्रतियोगिता , डब्ल्यूसीएल , ८औ र ९औ राष्ट्रिय खेलकुद अन्तर्गतको महिला क्रिकेट प्रतियोगिता र ह्वीलचेयर क्रिकेट प्रतियोगितामा धर्म शाक्यले अम्पायरिङ गरिसकेका छन्। शाक्यले यु -1६ अन्तर्गतको युएई र नेपालको मैत्रीपूर्ण खेलमा पनि अम्पायरिङ गरेका थिए।

करिब ५ वर्ष बियर गार्डेन यान्ड रेस्टुरेन्टमा प्रबन्धकको रुपमा काम गरेको धर्मले क्रिकेटमा नै रुचि बढे पछि आफ्नो जागिर नै छाडेर अम्पायरिङ फिल्डमै केन्द्रित भएर काम गरे। भक्तपुर जिल्लाको यु -१९ र सिनियर टोली बाट क्रिकेट खेलेको पनि उनि बताउछन्। धर्मले करिब ५-६ वर्ष भक्तपुर बाट क्रिकेट खेलेका थिए। कलाम अलि , राजु बस्नेत र अमिर अख्तर उनको ब्याचको खेलाडी साथी रहेको धर्म बताउछन्। क्रिकेट फिल्डमा अम्पायरिङ गर्ने आफ्नो साथी रवीन्द्र गुप्ताको साथको कारण मनोबल बढेको र जागिर छाडेर क्रिकेटमा नै लागेको उनले बताए। उनी अहिले भक्तपुर क्रिकेट संघको सदस्य समेत रहेका छन्।

“मलाई क्रिकेटमा नशा बस्यो र त्सपछि मैले जागिर नै छाडेर क्रिकेटमा नै अम्पायरिङ गर्ने निर्णय गरे। म अन्तिम सास सम्म पनि क्रिकेटको लागि नै लाग्नेछु ” धर्मले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Exit mobile version