Skip to content
Home » ग्रासरुट क्रीकेट विकास कार्यक्रमको भोलि धनगढीमा उदघाटन हुने

ग्रासरुट क्रीकेट विकास कार्यक्रमको भोलि धनगढीमा उदघाटन हुने

  • by

कैलाली जिल्ला क्रीकेट संघले कैलाली जिल्लामा यू-१२ देखि यू-१६ उमेर समुहका विद्यालयका यूवा प्रतिभावान खेलाडी महिला/पुरुष गरि १०० जना खेलाडीहरुलाइ यस कैलाली जिल्ला क्रीकेट संघको आयोजनामा यसै कैलाली जिल्लामा प्रथम चरणमा ग्रासरुट क्रीकेट विकास कार्यक्रममा क्रीकेट प्रशिक्षण,नेतृत्व विकास,क्षमतावान खेलाडी उत्पादन गर्ने, क्रीकेट गतिविधि गर्न मिति २०७९/०३/२६ गते बिहान ०८:०० बजे धनगढी क्षेत्रीय रंगशाला परिसरमा ग्रासरुट क्रीकेट विकास कार्यक्रमको कैलाली जिल्ला खेलकुद विकास समितिका अध्यक्ष ललितबहादुर खत्री ज्यूको प्रमुख आतिथ्यमा भव्य उदघाटन हुने संघका अध्यक्ष विक्रम बिष्ट ज्यूले बताउनुभयो।


संघका अध्यक्ष विक्रम बिष्ट ज्यूका अनुसार“ग्रासरुट भन्नाले कुनैपनी चिज वस्तुको विकास गर्न जसरी रुख विरुवाको जरादेखी नै गोडमेल गरेर हुर्काउने काम गरिन्छ त्यसरी नै क्रीकेट विकास पनि खेलाडीहरुको जरादेखी नै विकासमा ध्यान पुर्‍याउने उदेश्यले विद्यालयस्तरदेखी नै उनीहरूको क्षमता अभिवृद्धि तिर ध्यान दिई विभिन्न क्रीकेटिङ गतिविधि गर्ने,क्रीकेट प्रशिक्षणमा विशेष ध्यान पुर्‍याइने तथा क्रीकेट नियमको बारेमा विशेष कोर्श सञ्चालन गरिने भन्नेबुझिन्छ।´´


यस ग्रासरुट क्रीकेट विकास कार्यक्रमको उदघाटन कार्यक्रमका सभापति जिल्ला क्रीकेट संघका अध्यक्ष विक्रम बिष्टले गर्नुहुनेछ भने प्रमुख आतिथ्य कैलाली जिल्ला खेलकुद विकास समितिका अध्यक्ष ललित खत्री रहनुहुने कार्यक्रममा कैलाली जिल्ला क्रीकेट संघका सम्पुर्ण कार्यसमिति परिवार तथा खेलकुदसङ्ग सम्वन्धित व्यक्तित्वहरुको विशेष उपस्थिति रहनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *