Skip to content
Home » ग्रासरुट क्रिकेट मजबुद बनाउन क्यान कैलालीले बोलायो मुम्बईबाट प्रशिक्षक

ग्रासरुट क्रिकेट मजबुद बनाउन क्यान कैलालीले बोलायो मुम्बईबाट प्रशिक्षक

  • by

लोकेश जोशी / ३१ साउन, २०७९

जिल्ला क्रिकेट संघ कैलालीले जिल्लाको ग्रासरुट क्रिकेट मजबुद बनाउन एक हप्ताका लागि भारतको मुम्बईबाट प्रशिक्षक बोलाएको छ । मुम्बईको विभिन्न क्लबमा नियमित प्रशिक्षण गराउँदै आएका दिगम्बर सीताराम पार्डेललाई क्यानले धनगढी बोलाएको हो । दिगम्बर एक हप्ता धनगढीमा रहने नेपाल क्रिकेट संघ क्यानका केन्द्रीय सदस्य एवं कैलाली जिल्ला अध्यक्ष विक्रम विष्टले बताए ।


मंगलबार धनगढी रंगशालामा एक कार्यक्रम गरी नेपाल क्रिकेट संघ क्यानका केन्द्रीय सदस्य एवं कैलाली जिल्ला अध्यक्ष विक्रम विष्ट, क्यान कैलाली सचिव देव नारायण झा, प्रशिक्षक जानकी भट्ट, दीपक रावललगायत खेलाडीले प्रशिक्षक दिगम्बरलाई औपचारिक रूपमा स्वागतसमेत गरेको छ ।


राष्ट्रिय क्रिकेट टिमको सुरुवाती १४ भित्र पहिलोपटक अटाएका खेलाडी अर्जुन साउँदलाई पनि प्रशिक्षक दिगम्बरले लामो समय मुम्बईमा प्रशिक्षण गराएका थिए । स्वागतपछि प्रशिक्षक दिगम्बरले आफू जति दिन धनगढी बस्छु पूरा समय दिएर जानेको कुरा सिकाउने बताए । उनले विश्व क्रिकेटको महाशक्ति भारत नजिक भए पनि त्यसको फाइदा नेपालले लिन नसकेको बताए ।


कुटनीतिक तवरले भए पनि नेपालले आगामी दिनमा भारतका विभिन्न स्टेटसँग सहकार्य गरेर फाइदा लिनुपर्नेमा जोड दिँदै आफूले पनि मुम्बईबाट सक्दो सहयोग गर्ने दिगम्बर बताउँछन् ।

जिल्ला क्रिकेट संघ कैलालीले दुई महिना अगाडि धनगढी उपमहानगरपालिकाभित्रका करिब दर्जन बढी विद्यालयसँग सहकार्य गरेर ५० छात्र र ५० छात्रालाई पहिलो चरणमा प्रशिक्षण गराइरहेको छ

1 thought on “ग्रासरुट क्रिकेट मजबुद बनाउन क्यान कैलालीले बोलायो मुम्बईबाट प्रशिक्षक”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Exit mobile version