Skip to content
Home » गोठबनौली प्रिमियर लिगको तेस्रो संस्करण छिटै हुदै

गोठबनौली प्रिमियर लिगको तेस्रो संस्करण छिटै हुदै

  • by

महोत्तरी जिल्लाको रामगोपालपुर नगरपालिकामा गोठबनौली प्रिमियर लिगको तेस्रो संस्करण गोटबनौली युथ द्वारा आयोजना गर्ने भएको छ। महोत्तरी जिल्लाको रामगोपालपुरको युवाहरुलाई क्रिकेटमा प्रोत्साहन गर्न र भविष्यमा राष्ट्रिय खेलाडीको उदय गर्न यस प्रतियोगीताको मुख्य उद्धस्य रहेको जानकारी प्रतियोगिता संयोजक अभिषेक यादवले जानकारी दिए।

आईतबार प्रतियोगिता संयोजक अभिषेक यादव र रामगोपालपुर नगरपालिकाका मेयर राम दुलार शाह बीच भेटघाट सम्पन्न भएर प्रतियोगिताको तेस्रो संस्करण आयोजना गर्ने र रामगोपालपुर नगरपालिकाले यस प्रतियोगितालाई साथ दिने प्रतिबद्दता मेयर राम दुलार शाहले जानकारी दिए।

प्रतियोगिताको मिति टिम सहभागिताको सम्पूर्ण जानकारी छिटै पत्रकार सम्मेलन गरेर जानकारी दिने प्रतियोगिता संयोजक अभिषेक यादवले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *