Skip to content
Home » गोठबनौली प्रिमियर लिगको क्वालिफर १ र एलिमिनेटर खेल्ने टोली पक्का

गोठबनौली प्रिमियर लिगको क्वालिफर १ र एलिमिनेटर खेल्ने टोली पक्का

  • by

महोतारीमा जारी गोठबनौली प्रिमियर लिगको क्वालिफर १ र एलिमिनेटर खेल्ने टोली पक्का भएको छन्। आज भएको अन्तिम खेलमा मिथिलाञ्चल वारियर्सले रामगोपालपुर नगरपालिकालाई जित दर्ता गरे संगै वारियर्सले अब मनकामना युवा क्लबसंग क्वालिफर १ खेल्ने भएको छ।

हिजो सम्पन्न खेलमा खोपी सुपर जायन्टले जानकी एकेडेमिक अस्पताललाई ८ विकेटको जित दर्ता गर्दै एलिमिनेटरमा आफ्नो स्थान पक्का गरेको थियो।


चार अंक भएको खोपी सुपर जायन्ट नेट रनरेटको आधारमा चौथो हुदै एलिमिनेटर पुगेको थियो। जानकी एकेडेमिक अस्पताल र हिरा स्ट्राइकर सम्मान ४ अंक थियो। १५ ओभरको खेलमा जानकी एकेडेमिक अस्पतालले ७० रनको लक्ष्य खोपी सुपर जायन्ट दिएको थियो। नेट रनरेट अगाडी रहन खोपी सुपर जायन्टले ८.४ ओभरमा खेल जित्नु पर्ने थियो। खोपीले ७० रनको उक्त लक्ष्य ५.५ ओभरमा हासिल गर्दै एलिमिनेटरमा आफ्नो स्थान पक्का गरेको थियो। ४ खेलमा ३ जित दर्ता गरेको श्री मनकामना युवा क्लब अंक तालिकामा दोस्रो हुदै क्वालिफर १मा मिथिलाञ्चल वारियर्स संग भिड्ने छ।

४ खेलमा ३ जित दर्ता गरेको शर्मा रेड राइडर्स नेट रनरेट पछि परेसंगै तेस्रो स्थान हासिल गरे संगै एलिमिनेटर खेल्न बाध्य भएको छ। शर्मा रेड राइडर्स र खोपी सुपर जायन्ट एलिमिनेटर खेल्ने छन्।

क्वालिफर १को बिजेता फाइनल प्रवेश गर्ने छ साथै एलिमिनेटरको बिजेताले क्वालिफर २मा क्वालिफर १मा पराजित टोली संग खेल्ने छ। उक्त खेलको बिजेतले फाइनल खेल्ने छ।

क्वालिफर १ र एलिमिनेटर खेल भोली आइतबार हुनेछ भने क्वालिफर २ सोमबार तथा फाइनल खेल बिहिबार हुनेछ। बिजेता टोली रु एक लाख धनराशी हात पर्ने छन् भने उप-बिजेताले रु ५५ हजार हात पर्ने छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Exit mobile version